भारतद्वारा कैलालीका ३ नाका बन्द, दशैंमा घर आउने नेपाली अलपत्र


कैलाली । भारतीय सिमा सुरक्षा बल एसएसबी ले कैलाली जिल्लाका ३ सीमा नाका बन्द गरेको छ ।

पाकिस्तानसँगको सम्बन्धमा चिसिएसँगै भारतीय एसएसबीले भारत–पाकिस्तान मुद्दालाई कारण देखाउँदै कैलालीका ३ सीमानाका ठप्प पारेको हो ।

आज देखि असोज १८ गते सम्म उक्त सीमा नाका बन्द गरिएको जनाइएको छ ।

भारतीय एसएसबीले कैलालीको टीकापुरमा रहेको खकरौला नाका, भजनीको गुलरियाट नाका र मरियाघाट नाका ठप्प पारेको जनाइएको छ ।

उता, भजनी त्रिशक्ति नगरपालिका दुई सीमा नाका वन्द गरिएको ईलाका प्रहरी कार्यालय भजनीका प्रहरी नायव निरिक्षक धर्मानन्द जोशीले जानकारी दिए ।

भारतले नाका बन्द गरेसँगै दशैंका लागि भारतबाट घर आउने नेपालीहरु समस्यामा पर्ने देखिएको छ।न्युज २४
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment