राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कर्मचारी अफिसमै यस्तो अवस्थामा भेटियो


भुकम्पका कारण घरबास गुमाएका ७ लाख घरधनीमध्ये अधिकांश अहिलेसम्म पालको साहारामा रात गुजार्दै छन् । तर भुकम्पले भत्किएका संरचना पुनर्निर्माण गर्न बनेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कोही कर्मचारी कार्यालयमै निदाएर त कोही फेसबुकमा मस्त च्याटिङ गरेर दिन काट्ने गरेको पत्ता लागेको छ ।

सिंहदरबारभित्र रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यालयमा टिभी अन्नपूर्णको टोली पुग्दा कार्यालयमै रहेका केही कर्मचारी टेबुलमा उपरखुट्टी लगाएर बसेका थिए भने कोही फेसबुकमा मस्त गफिंदै थिए ।

जब हाम्रो टिमले प्राधिकरणको कार्यालयमा पुगेर यस्ता दृश्यहरु देख्न थाल्यो तब हामी फोटो खिच्न सुरु गर्यौं । अनि मस्त आराम गरेर बसेका कर्मचारीहरु भने जराकजुरुक्क बिउँझिए । केही कर्मचारीहरु निदाएका त थिएनन् तर उनीहरु फेसबुक र फोनमा मस्ती गफिंदै थिए । पुरुष भन्दा महिला कर्मचारीहरु बढी फेसबुकमा रमाईरहेका थिए ।

फेसबुकको म्यासेञ्जरमा कुरा गर्ने ति कर्मचारीकोे साथी सायद कुरा टुङ्ग्याउन खोज्दै थिए होलान् तर कर्मचारी भने, ‘आज बिदा बसिदिऊ भनेको तिमीसँग कुरा गरौंला भनेर आए तर तिमी यार कुरै गर्न खोज्दैनौ’ भन्दै संवादलाई अझै अघि बढाउन खोज्दै थिए । उनीहरुको झण्डै २७ मिनेट लामो कुराकानीमा प्रयोग भएका शब्द सुन्दा लाग्थ्यो सायद यो कुनै सरकारी कार्यालय होइन साईबर क्याफेको क्याबिनबाट यस्ता गफ हुँदै छन् ।


कार्यालय समयमै मस्ती गरिरहेका कर्मचारी देखेपछि प्राधिकरणको प्रशासन शाखामा रहेका उपसचिव विजय रानासँग जिज्ञासा राख्दा उनले यो बिग्रेको माथिल्लै निकायबाट हो भनी आफ्ना कुरा सुनाए । जब राजनीतिक नेतृत्व नै बिग्रेको छ भने कर्मचारीलाई मात्रै किन दोष लगाउने भनी रानाले उल्टै जवाफ फर्काए ।



त्यसपछि हामी पुग्यौ पुनर्निर्माण प्राधिकरणका प्रवक्ता एवं सहसचिव रामप्रसाद थपलियाको कार्यकक्षमा । भुकम्प पीडितलाई राहत दिने काम कति सकियो भनी उनीसँग बुझ्न हामी गएका थियौं । प्रवक्ता थपलियाले लगभग काम सबै सकिएको जवाफ दिए । अनि कर्मचारी अफिस समयमै निदाएको कारण के हो भनी हामीले जिज्ञासा राख्यौं उनले यो कुरा आफूलाई जानकारी नभएको बताए ।

‘म आफू उता पल्लो भवनमा नगएको धेरै भएको भन्दै उनले कर्मचारीहरु के गरिरहेका छन् भन्ने कुरा थाहा नभएको बताए । त्यसो त प्राधिकरणका एक चालकले केही महिना अघि अफिसियल कामका लागि प्रयोग गरिएको गाडी अरु नै कामको लागि प्रयोग गरिरहेको थाहा भएपछि गोंगबुका स्थानीय बासीहरुले नियन्त्रणमा लिएका थिए ।


भदौ महिनाको शनिबार परेको तिजको दरखाने दिन सरकारी नम्बर प्लेटको प्राधिकरणको उक्त गाडीले तिजका दिन महिलाहरु ओसारिरहेको थाहा भएपछि स्थानीय बासीहरुले चालकलाई नियन्त्रणमा लिएका थिए ।
From Tv Annapurna
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment