काठमाडौँ, २९ असोज - जन्मदै टाउको जोडिएका अमेरिकाका दुई बालकलाई शल्यक्रिया गरी छुट्टाइएको छ।
१३ वर्षीय जाडन र अनियस म्याक डोनल्डलाई न्युयोर्कस्थित एक अस्पतालमा शल्यक्रिया गरी छुट्टाइएको बीबीसीले जनाएको छ। बालकहरुको जोडिएको टाउको छुट्टाउन १६ घन्टा लागेको चिकित्सकहरुले बताएका छन्। शल्यक्रियापछि उनीहरुको थप उपचार भइरहेको छ।
शल्यक्रियापछि आफू निकै खुसी भएको बालकहरुकी आमा निकोली म्याक डोनाल्डले फेसबुक पोस्टमा उल्लेख गरेकी छिन्।
ती बालक जन्मदै टाउकोमा साझा रक्तनली र दिमागका तन्तुहरु भएको चिकित्सकले जनाएका छन् । चिकित्सकका अनुसार यस्तो दुर्लभ अवस्था एक करोड जन्ममध्ये केबल एउटामा देखिने गर्छ। यसअघि पनि जोडिएका शिशुको टाउको छुट्टाएका चिकित्सक डा जेम्स गुडरिचले नेतृत्व गरेको टोलीले सो शल्यक्रिया गरेको थियो।
दुई वर्षअगाडि नै शल्यक्रिया नगरे ८० प्रतिशत जुम्ल्याहाको मृत्यु हुने गरेको सीएनएनका स्वास्थ्य सम्बाददाता सञ्जय गुप्ता बताउछन्। गुप्ता सो शल्यक्रियाको प्रत्यक्ष अवलोकन गरेका थिए।
बालकहरुको न्युयोर्कस्थित मोन्टिफाओर अस्पतालमा शल्यक्रिया भएको हो। शल्यक्रियाका लागि परिबारले १ लाख डलर डोनेसन उठाएको थियो।
F
Source From :Dc Nepal

0 comments:
Post a Comment