काठमाडौँ, २९ असोज - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको गोवामा हुने ब्रिक्स बिमस्टेक विस्तारित सम्मेलनमा सहभागी हुन आज शनिबार बिहान नयाँदिल्ली पुगेका छन्। गोवा जाने कार्यक्रममा उनी नयाँदिल्ली पुगेका हुन्।
शनिबारदेखि नै सुरु हुने दुईदिने उक्तसम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाल १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली पुगेका हुन्। प्रधानमन्त्रीसँग पत्नी सीता दाहाल, परराष्ट्रमन्त्री प्रकाशशरण महत, परराष्ट्र सचिव शङ्करदास वैरागी, कामु मुख्य सचिव टङ्कमणि शर्मालगायत छन्।
प्रधानमन्त्री दिउँसो गोवा प्रस्थान गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी जिनपिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग भेट गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री दाहाल सम्मेलनमा भाग लिएर आगामी कात्तिक १ गते स्वदेश फर्कनेछन्।
साभार :DC Nepal

0 comments:
Post a Comment