नेपालमा यो तस्बिरलाई कतिले शेरेको उपनाम पनि दिएको पाईन्छ । को हुन् यि व्यक्ति ? यी ब्यक्ति नेपालका भने होइनन् । यिनी चीनियाँ चर्चित बास्केट बल खेलाडी याओ मिङ हुन् । उनी ७ फिट ६ इन्च अग्ला छन् । व्यङ्ग्यमा देखिने सेतो तस्बिर तिनै व्यक्तिको फोटोको स्केच हो । १८ वर्षको हुँदा उनले सन् २००२ मा चीनको राष्ट्रिय समूहबाट बास्केटबल खेल्न सुरु गरिसकेको थिए ।
सन् २००९ मे महिनामा खेलपछि भएको पत्रकार सम्मेलनमा उनले त्यस्तो अनुहार बनाएका थिए । त्यसपछि एकजना चित्रकारले सो फोटोको सेतो स्केच बनाई व्यङ्ग्यमा प्रयोग गर्ने निर्णय गरेका थिए । त्यसपछि उनको सो तस्बिर व्यङ्ग्यमा देखिन थालेको हो । कसरी बनाईयो त यि व्यक्तिको अनुहारको स्केच?
From purbeli news



0 comments:
Post a Comment