कतारको नयाँ कानूनका महत्वपूर्ण १३ विषय, पासपोर्ट राखेमा जरिवाना देखि कम्पनी फेर्न पाइने सुविधा

कतारको नयाँ कानूनका महत्वपूर्ण १३ विषय, पासपोर्ट राखेमा जरिवाना देखि कम्पनी फेर्न पाइने सुविधा
दोहा, अन्तराष्ट्रिय समुदायको चर्को दवावका कारण कतारले आफ्नो श्रम कानूनमा महत्वपूर्ण परिवर्तनको गरिसकेको छ । अन्तराष्ट्रिय समुदायको चर्को दवावका बीच कानून परिवर्तनको प्रतिवद्धता कतारले जनाएको हो । हुन त नयाँ कानून समेत पुरानो कानून भन्दा धेरै फरक नभएको बताइएको छ तर पनि यो केहि मात्रामा कामदारमैत्री रहेको स्थानीय सञ्चार माध्यमहरुले लेखेका छन् । कफला प्रणाली हटाउने भनिएको सो कानूनका महत्वपूर्ण विषयहरु यसप्रकार रहेका छन् ।
१. यो कानून सन् २०१६ को डिसेम्वर महिनादेखि लागु हुँदैछ
२. सो कानूनले कतारमा रोजगारीका लागि आउने र बस्ने विषयलाई करारपत्रद्धारा व्यवस्थीत गर्नेछ ।

३. कतार प्रवेशमा यस अघि लाग्ने दुईबर्षे प्रतिवन्धात्मक व्यवस्थाको पूर्णत अन्त्य हुनेछ ।

४. यदि अन्य रोजगारदाताले रोजगारी दिएको अवस्थामा पूरानो रोजगारदातासँग कुनै लिखित अनुमति लिनुपर्ने छैन ।

५. रोजगारी प्राप्त गरेमा कतारबाट फर्केको भोलीपल्टै पुनः कतार आउन सकिनेछ ।

६.कतार छोड्न हाल आवश्यक पर्ने एक्जिट पर्मिट आवश्यक पर्नेछैन ।

७. कतार छोड्नु तीन दिन अगाडी रोजगारदातालाई जानकारी दिनुपर्नेछ ।

८. कतारमा रोजगारी गरिरहेकाहरुको करारपत्र समेत नयाँ कानून लागु भएपछि नयाँ करारपत्रले स्वतः प्रतिस्थापन गर्नेछ ।

९. करारपत्र अनिवार्य रुपमा श्रम तथा सामाजिक मन्त्रालयले प्रमाणित गर्नुपर्नेछ ।

१०. ५ बर्ष भन्दा लामो समयसम्म कुनै कम्पनीमा काम गर्ने कोहि बाध्य हुनेछैन । सामान्ययता दुई बर्षे सम्झौता हुनेछ । विशेष प्रकृतिका कम्पनीहरुमा ५ बर्षे रोजगार सम्झौता हुन सक्नेछ ।

११. यदि रोजगारदाताको मृत्यु भएमा वा कम्पनी बन्द भएमा मन्त्रालयको अनुमति लिएर कामदारले नयाँ कम्पनीमा रोजगारी खोज्न सक्नेछन् ।

१२. अनुमति नलिई अन्य कम्पनीमा काम गर्न आफ्ना कामदार पठाएमा ५० हजार रियालसम्म जरिवाना र ३ बर्षसम्म कैद सजाय हुन सक्नेछ ।

१३. रोजगारदाताले कामदारको पासपोर्ट राखेमा १० देखि २५ हजार रियाल जरिवाना हुनेछ ।
FROM RIGHT NEPAL
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment