दसैमा खसी काटेकै शैलीमा जब युवकको गर्धनमा खुकुरी हानियो…


मोरङ – यस्तै, मोरङको केराबारीमा आज दिउँसो भाइलाई झापड हिर्काएको निहुँमा एक युवकमाथि खुकुरी प्रहार भएको छ ।

खुकुरी प्रहारबाट केराबारी–६ का होमबहादुर घिमिरे गम्भीर घाइते भएका छन् । घिमिरेले सोही ठाउँका १७ वर्षीय तेजु गिरीलाई झापड हानेपछि विवाद सुरु हुँदा गिरीका दाजु राजु गिरीले घिमिरेमाथि खुकुरी प्रहार गरेका थिए ।

गर्धनमा खुकुरी लागेका घिमिरेको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने गिरी फरार रहेकाले खोजी भइरहेको इप्रका, केराबारीले जनाएको छ । रासस

प्रकाशित मिति: सोमवार, अशोज २४, २०७३ समय: ८:१३:२९

Neplese.org बाट
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment