हुने भो पाकिस्तान र भारत बीच युद्द , सोमबार भिडन्त हुने पक्का

एजेन्सीः भारत प्रशासित काश्मिरमा सुरक्षाकर्मी र बिद्रोहीबीच भिडन्त भएको छ । सोमबार बिहान पन्पोरको एक भवनमा लुकेका बिद्रोही र सुरक्षाकर्मीबिच भिडन्त भएको हो ।
भिडन्तको क्रममा एक जना सुरक्षाकर्मी घाइते भएको भारतीय समाचार संचार माध्यमले जनाएका छन् ।
सरकारी भवनमा लुकेका दुई वा तीनजना बिद्रोहीले सुरक्षाकर्मीमाथि गोली चलाएको भारतीय सेनाले जनाएको छ ।
सेना, सीमा सुरक्षा बल, केन्द्रिय रिजर्व प्रहरी बल र प्रहरीसहित संयुक्त टोलीले भवनलाई घेराबन्दी गरेको छ । आसपासको क्षेत्रमा करफ्यु लगाइएको छ ।
श्रीनगर–जम्मु राजमार्गमा पर्ने आन्त्रपेन्योर डेभलपमेन्ट् इन्स्टिच्युडको यो भवनमा गएको फेब्रुअरीमा पनि बिद्रोही घुसेका थिए ।
त्यसबेला झण्डै ४८ घण्टासम्म भएको भिडन्तमा एक नागरिक, चार बिद्रोही र तीन जना सुरक्षाकर्मीको ज्यान गएको थियो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment