स्वदेश फर्केको पाचँ दिनमै श्रीमान द्धारा श्रीमतीको हत्या



विदेशमा आफुले दुख गरेर कमाएर घरमा पठाएको पैसा मोज मस्ती गरी सकेको भन्दै सिन्धुलीमा एक युवाले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

सिन्धुली हत्पते गाविस–९ घाटगाँउका राम दनुवारले आइतवार विहान करिब १० बजेतिर आफ्नै श्रीमती ३२ वर्षकै वर्षीया छाउनी दुनुवारको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेका हुन् । खुकुरी प्रहारबाट उनको टाउँको र शरिरको भाग अलग भएको छ ।

श्रीमतीको हत्यापछि तत्कालै हत्या गर्न प्रयोग गरिएको खुकुरी सहित ईलाका प्रहरी कार्यलय डकाहा पुगी आत्मसमर्पण गरेका छन् । स्वदेश फर्केको पाचँ दिनमात्रै भएको बेला आफुले विदेशमा दुख गरेर पठाएको पैसा मोजमस्तीमा खर्च गरेका कारण हत्या गरेको बताएको प्रहरी निरिक्षक कुल बिर चन्दले जानकारी दिए।
From Tv Annapurna
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment