स्थानीय चिट्ठा कार्यक्रम सञ्चालक वाङ चुनले पालेको यो कुकुरका गतिविधी हेर्न जतिबेला पनि मानिसको भिड लाग्छ । टिकट किन्न आउने मानिसले दिएको पैसाले यो कुकुरले बजारमा गएर सामान समेत किन्छ । उसले कहिले आफुलाई त कहिले मालिकलाई सामान किन्ने गर्दछ । कुनै ग्राहकले १ युआनको नोट दियो भने कुकुर निजकैको पसलमा गएर आफूलाई मन पर्ने चिकेन विङ, ससेज जस्ता खानेकुरा किन्छ ।
कुकुरका मालिक वाङले यो कुकुरले विगत ६ वर्ष देखि आफ्नो खानेकुरा आफै किन्ने गरेको बताइन् । उक्त कुकुरलाई कसैले झुक्याउन पैसाका साथमा कागजको टुक्रा दियो भने पनि नोट मात्र समात्छ र कागज छोडिदिन्छ । उसले सानो र ठूलो नोट दियो भने ठूलो नोट समात्छ । धेरै समयसम्म उसले पैसा चलाउने गरेको हुनाले पनि उसले पैसा चिनेको मानिसहरुले अनुमान लगाएका छन् । - एजेन्सी

0 comments:
Post a Comment