बेइजिङ, १ कार्तिक – चीनले दुई जना अन्तरिक्षयात्रीसहितको अन्तरिक्षयान पृथ्वीको कक्षमा पठाएको छ। अन्तरिक्षको बारेमा अध्ययन गर्ने परियोजना अन्तरगत उनीहरुलाई त्यहाँ पठाइएको हो।
उत्तरी चीनमा रहेको जिउक्वान स्याटेलाइट लञ्च सेन्टरबाट दुई अन्तरिक्ष यात्रीसहितको यानलाई प्रक्षेपण गरिएको थियो । उनीहरु टियाङगोङ २ स्पेस ल्याबमा पुग्नेछन् जहाँ उनीहरुले ३० दिन बिताउनेछन्। अन्तरिक्षमा यति धेरै समय बिताउने उनीहरु पहिलो चिनियाँ अन्तरिक्ष यात्री बन्नेछन्।
यो परियोजनालाई मानवसहितको यान चन्द्रमा वा मंगल ग्रहमा पठाउने चीनको तयारीको रुपमा हेरिएको छ ।
अहिलेको मिसनमा ४९ वर्षीय जिङ हाइपेङ र ३७ वर्षीय चेन डोङ रहेका छन् । हाइपेङ यसअघि दुई पटक अन्तरिक्षमा पुगेर आइसकेका छन्।
मानवसहितको यान अन्तरिक्षमा पठाउने चीन तेस्रो मुलुक हो । यसअघि रसिया र अमेरिकाले मात्र अन्तरिक्षमा मानवसहितको अन्तरिक्ष यानलाई पठाएको थियो । सन् २०१३ मा चीनले मानवरहितको युटु रोभर चन्द्रमा पुर्याएको थियो । ‘सैन्य उद्देश्य’ भन्दै यसलाई अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा ठाउँ दिइएको थिएन।
From DC Nepal
0 comments:
Post a Comment