भारतसँगको विवाद उत्कर्षमा पुगेका बेला पाकिस्तानले गरेको यो निर्णयलाई भारतसँगको युद्ध अभ्यास मानिएको छ । पाकिस्तानको नागरिक उड्यानका अधिकारीका अनुसार दुवै एअरस्पेस अपरेसनल कारणले बन्द गर्न लागिएको हो ।
सेनाको अभ्यास सामान्य भए पनि दुई हप्तासम्म एअरस्पेस बन्द गरेर सैनिक अभ्यास गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पाकिस्तानमा दुई हप्तासम्म कुनै पनि एअरस्पेस बन्द गरिएको छैन । उरी आक्रमणपछि भारत र पाकिस्तानबीचको तनाव उत्कर्षमा पुगेको छ । पाकिस्तानको यो निर्णयलाई लिएर भारतीय समाचार माध्यमहरूमा पाकिस्तानको युद्धको अभ्यासमा लागेको विश्लेषण गर्न लागिएको छ ।

0 comments:
Post a Comment