दार्चुलामा आज बिहान ६ बजेर १६ मिनेटमा भूकम्पको धक्का :: Read News >>


बैतडी, १ कात्तिक - दार्चुलामा आज बिहान ६ बजेर १६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्प मापन केन्द्र सुुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थ दाहालका अनुसार दार्चुला सदरमुकामबाट ४३ किलोमिटर उत्तर पश्चिम भारतमा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले भूकम्पले क्षति पुर्यायो भन्ने अहिलेसम्म कुनै जानकारी नआएको र सबै ठाउँमा सम्पर्क गरी भूकम्पको क्षति भए नभएको जानकारी लिइरहेको बताउनुभयो। रासस
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment