तनावकै बीच भारतले पाकिस्तानमाथि नाकाबन्दी गर्ने विषयलाई छलफलमा ल्याएपछि चीनले पाकिस्तानलाई साथ दिने विषय चर्चामा छ । भारतले पाकिस्तानमाथि प्रतिबन्ध लगाए चीनले भारतसँगको सम्बन्धलाई नयाँ शैलीमा अगाडि बढाउने प्रतिक्रिया दिएको छ । चिनियाँ अधिकारीले पाकिस्तानमाथि प्रतिबन्ध लगाउने भारतीय निर्णय तर्क संगत नभएको बताएका छन् ।
चिनियाँ सञ्चार माध्ययमले सार्वजनिक गरेको एक रिपोर्ट अनुसार चीनले पाकिस्तानमाथि भारतले चाल्ने कदमलाई सूक्ष्म रुपमा नियालीरहेको छ ।
भारत–पाकिस्तान तनावकै समयमा चिनियाँ राष्ट्रपतिले भारतको भ्रमण गर्दै छन् । भ्रमण अघि नै चिनियाँ पक्षबाट पाकिस्तानलाई समर्थन गर्ने विषय सार्वजनिक हुनुलाई महत्वका साथ हेरिएको छ ।
भारतले काश्मिर विवादकै कारण पाकिस्तानलाई विश्वसमुदायबाट अलग गराउने प्रयास गरिरहेका बेला चीन र रुसले भने पाकिस्तानको बचाऊ गर्ने संकेत दिएका हुन् । यही समयमा रुसले पाकिस्तानसँग मिलेर सैन्य अभ्यास अगाडि बसढाउने निर्णय गरेको छ । भारतले अमेरिकासँग मिलेर सैन्य अभ्यास गर्ने निर्णय गरेपछि रुसले यस्तो निणर्य सार्वजनिक भएको हो ।
भारत–पाकिस्तान विवादमा विश्वका शक्ति राष्ट्रको संलग्नता बढ्दै जाँदा दुई देशको विवाद अन्तराष्ट्रिय सञ्चार माध्यमको प्रमुख खबर बन्न थालेको छ ।

0 comments:
Post a Comment