उमेरमा भिन्नता
हामी सबैलाई थाहा छ बलिउडका अभिनेता सेफ अली खानले केही वर्ष पहिले आफ्नी श्रीमती अमृता सिंहसँग सम्बन्धविच्छेद गरे । यी दुईको सम्बन्धविच्छेद हुनुको प्रमुख कारण थियो–उमेरको फरक । अमृता सेफभन्दा दस वर्षले जेठी थिइन् । पुरुषको तुलनामा महिलाको उमेर चाँडो ढलेको देखिन्छ । त्यसैले यदि महिला पुरुषभन्दा बढी उमेरकी हुन्छिन् भने विवाहको केही वर्षपछि उनीहरूले एक–अर्काको फरक दुनियाँका बारेमा अनुभव गर्न सक्छन् । उदाहरणका लागि यो जोडीलाई लिन सकिन्छ । अझै पनि सेफ नायकका रूपमा सक्रिय छन् भने अमृता आमाको भूमिकामा देखा पर्छिन् ।
मनोवैज्ञानिकहरूका अनुसार उमेर बित्दै गएपछि शारीरिक संरचनामा फरक आउँछ । यसले अनुहारमा पनि स्वाभाविक परिवर्तन देखा पर्छ । यसले गर्दा बढी उमेर भएको साथी आफ्नो जीवनसाथीप्रति झर्किरहन्छ र शंका पनि गर्छ । यसले गर्दा अर्को साथीले आफ्नै उमेरको साथी आफ्नो जीवनको नभएकोमा पश्चाताप गर्न थाल्छ । फलस्वरूप सम्बन्धमा चिसोपन आउँछ । यसले घरपरिवारमा तनाव तथा निराशा निम्त्याउँछ ।
विचारको अन्तर
पाकिस्तानी क्रिकेटर इमरान खानले ब्रिटेनका खर्बपतिकी छोरी जेमिमा गोल्डस्मिथसँग विवाह गरेका थिए । जेमिमा खुला विचारकी यहुदी परिवारकी छोरी थिइन् । विवाहपछि कडा मुस्लिम परिवारमा घुलमिल हुने प्रयास असफल भएपछि उनीहरू ९ वर्षपछि सम्बन्धविच्छेद गरे । यसले पनि विचारको अन्तर देखाउँछ । एउटा खुला विचारयुक्त र अर्को संकीर्ण विचारधाराको छ भने त्यहाँ विचारको अन्तर देखिन्छ ।
सुन्दरताको अन्तर
अनुहार जस्तो भए पनि दुवैको सुन्दरताको बीचमा धेरै फरक हुनु हुँदैन । यदि एक सुन्दर तथा अर्को कुरूप भए वैवाहिक सम्बन्धमा खटपट उत्पन्न हुन्छ । नराम्रो अनुहार भएको साथीले अर्कोलाई देख्दा मन खिन्न बनाउन सक्छ । यसले गर्दा वैवाहिक सम्बन्धमा प्रेम कम हुन्छ ।
स्टेटसको फरक
स्टेटसमा भिन्नता छ छ भने यो कुराको मानसिक समस्या कम स्टेटस भएको साथीमा देखिन्छ । उसलाई आफ्नो जीवनसाथीले सधै तल खसाएको आभास हुन्छ । आफैदेखि आफूलाई दिक्क लाग्न सक्छ । स्टेटसको फरकले वैवाहिक सम्बन्धमा प्रशस्त असर पुर्याएको देखिन्छ ।
From Nari

0 comments:
Post a Comment