क्यालिफोर्नियाको फ्रेस्नो शहरका ४१ वर्षीयलाई किशोरी छोरीलाई चारवर्षसम्म बलात्कार गरेको अभियोग पुष्टि भएपछि १ हजार ५ सय ३ वर्षको जेल सजायँ तोकिएको छ ।
फ्रेस्नो बी रिपोटर्स्का अनुसार गत शुक्रबार रेने लोपेजलाई फ्रेस्नो सुपेरियर कोर्ट हिस्ट्रिको इतिहासमा सबैभन्दा लामो दण्ड दिइएको हो ।
सेप्टेम्बरका निर्णायक मण्डलले लोपेजलाई १ सय ८६ वटा यौन हमला र दर्जनौं बलात्कारको दोषी पाएको थियो ।
पीडितका वकिलका अनुसार लोपेजले उनलाई सन् २००९ मे महिनादेखि सन् २०१३ को मे महिनासम्म हप्तामा दुईदेखि तीनपटकसम्म बलात्कार गरे ।
सजायँ तोक्ने क्रममा न्यायाधिस एड्वार्ड सार्कीसियनले लोपेजलाई ‘समाजको लागि घातक’ बताएका थिए ।
From Hamroonlinekhabar

0 comments:
Post a Comment