काठमाडौँ, २९ असोज - अमेरिकाले विमानमा सामसुङको ग्यालेक्सी नोट सेभेनमाथि प्रतिबन्ध लगाएको छ।
ग्यालेक्सी नोट सेभेन पड्कने समस्या भएपछि अमेरिकाको यातायात विभागले विमानमा यो फोन प्रतिबन्ध लगाएको हो।
शनिबारदेखि यात्रुले यो फोन बोकन पाउने छैनन्। सामसुङले ग्यालेक्सी नोट सेभेनको उत्पादन बन्द गरिसकेको छ भने गएको सेप्टेम्बरमा २५ लाख फोन फिर्ता लिइसकेको छ।
source from Dc Nepal

0 comments:
Post a Comment