भारतीय सेनाका जवान समातिएको घटना भने निरन्तर रहस्य मै रहेको छ। पाकिस्तान र भारत दुवैले यसबारेमा कुनै आधिकारिक वयान जारी नगर्दा यसबारेमा थप पुष्टि हुन सकेको थिएन।
भारतको नयाँ दिल्ली स्थिति उच्च सैनिक स्रोतलाई उध्रित गर्दै पाकिस्तानी मिडियाले लेखेको छ, ‘३७ राष्ट्रिय राइफलका एक जवान हतियार सहित लाइन अफ कन्ट्रोलबाट पाकिस्तान गएको पुष्टि भएको छ।’
सेना समातिएको विषयसंग प्रसंग जोड्न नखोजी उनले पहिले पनि लाइन अफ कन्ट्रोल हुँदै नागरिकहरु वारीपारी गर्ने गरेको घटना सम्झाए।
भारतको पक्षमा अवस्था विकास गर्दै उनले त्यसरी लाइन कटेर गएका फर्केर आएको इतिहास समेत जोडे।
यसै बिच संयुक्त राष्ट्रसंघको लागि पाकिस्तानी दूत डा मलिहा लोधीले अल जजिरासंग बोल्दै पाकिस्तानी सेनाले घुस्न खोजेको एक भारतीय सेना जवान समातेको बताएकी छिन्।
लोधीले भारत तर्फबाट कुनै सर्जिकल अपरेसन भने नभएको समेत दाबी गरेकी छिन्। भारतीय सेनाले पाकिस्तानमा सर्जिकल अपरेसन गरेको बताएको थियो।
भारतीय सेनाले कश्मिरमा १०० भन्दा बढी निर्दोष मारेको घटनाबाट विश्वको ध्यान भड्काउन भारतले यस्तो प्रयास गरेको लोधीले आरोप लगाएकी छिन्।
भारतले कश्मिरबारे आफ्नो आन्तरिक मत मिलाउन पाकिस्तानसंग युद्ध भड्काउन खोजेको उनको आरोप थियो। बिहिबार भएका घटनापश्चात पाकिस्तान संयम भएर अभ्यासमा लागेको लोधीले बताएकी छिन्।

0 comments:
Post a Comment