राजधानी काठमाडौँ मा आफ्नै १६ वर्षे बहिनी लाई यसरी बलि दिइयो हेर्नुहोस एक रिपोर्ट

काठमाडौँ / मानव बलि दिए धन र शक्ति आर्जन हुने अन्धविश्वासमा ढोङ्गी तान्त्रिकको पछि लाग्नेहरले राजधानीमै मानव खप्पर र हाडखोरको किनबेच गर्ने गरेको खुलासा भएको छ । स्वयम्भूमा गत वर्ष मानव बलि दिने प्रयास गरेको घटनामा पक्राउ परेकाको बयानबाट यस्तो डरलाग्दो कहानीको खुलासा भएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यरोले उक्त घटनामा भारतीय तान्त्रिक भनिने कानु पहरीसहित ८ जनालाई पक्राउ गरी अनुसन्धान थालेको थियो । अनुसन्धानबाट पहरीसहित दुई जनाले राजधानीको मित्रपार्कस्थित एक जडीबुटी पसलबाट १९ हजार रुपैयाँमा मानव खप्पर खरिद गरेको खुलेको हो ।


प्रहरीले घटनामा पहरीका साथबाट मानव खप्पर, हाडखोर र खुकुरी समेत बरामद गरेको थियो । मित्रपार्कको सो जडीबुटी पसल पहिले प्रेम सिवाकोटीले चलाउँदै आएका थिए तर गतवर्षको भूकम्पमा सिवाकोटीको निधन भएपछि बुहारी सीताले पसल चलाउँदै आएकी थिइन् । गतवर्ष पक्राउ सीतालाई कागजी जमानीमा छाडिएको छ । ‘उनीहरुले पहिले ससुरासँग लिने गरेको भन्दै मोलसमेत आफैँले तोकर सीतासँग खप्पर किनेको बयान दिएका छन्’, व्युरोका अधिकारले भनेको नागरिक दैनिकले समाचार छापेको छ । तान्त्रिक भनिने कानु पहरीसहित गतवर्ष ओमकार शाह र भोजबहादुर थापा लगायतका आठ जना पक्राउ परेका थिए ।

तान्त्रिक भनिने पहरीको आग्रहमा बलिका लागि १८ दिनसम्म बन्धक बनाइएकी युवतीभन्दा पहिले समूहले अन्य तीन युवती ल्याएर पहरीलाई देखाएको खेलेको छ । पहरीले तीनै जना नहुने बताएपछि सबै एकपछि अर्को गर्दै फर्केका थिए । पहरीले १६ वर्षे युवती नै चाहिने अडान लिएपछि आरोपी आठमध्येका एकले आफ्नै बहिनीलाई बलि दिन पूजामा जाने भन्दै ल्याएका थिए । प्रहरीका अनुसार पहरीले अफ्ठ्यारोमा परेका र टुनामुनाजस्ता अन्धविश्वास राख्ने व्यक्तिलाई आफ्नो बसमा पार्दै आएका थिए । प्रहरीले यो घटनालाई पहिलो मान्न नसकिने भन्दै गम्भीर रुपमा अनुसन्धान गरिरहेको जनाएको छ । - नागरिक दैनिक बाट
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment