ओबामाद्वारा नेपालमा ‘विशेष कार्यक्रम’ आयोजना गर्ने घोषणा

खाडीबाट नेपालीहरु बाकसमा पोको परेर आउने तितो सत्यबारे सुन्दा अमेरिकी रास्ट्रपति बाराक ओबामाको गहभरी आसु चुहिदा पक्कै पनि मन कुटुक्क खान्छ होला नेपालीहरुको.यो समस्यालाइ चाडै नै हल गर्ने अठोट बोकी ओबामाले नेपालमा एक कार्यक्रम आयोजना गर्ने निर्णयले नेपाल र नेपालीको भविष्यमा केही उज्यालोपन छाएको देख्न पाइन्छ.नेपालको सपना साकार गर्ने मनछुने भाषण,बराक ओबामाको,हेर्नुस भिडियोमा==>
ओबामाद्वारा नेपालमा ‘विशेष कार्यक्रम’ आयोजना गर्ने घोषणा
काठमाडौं । संसारको सबैभन्दा शक्तिशाली राष्ट्रका राष्ट्रपति बराक ओबामाले आफ्नो एक् विशेष कार्यक्रम नेपाल र लाओसमा बिस्तार गर्ने घोषणा गरेका छन् ।

अमेरिकी राष्ट्रपति बराक ओबामाले लाओसमा आयोजित दक्षिण एशियाली राष्ट्रिय संघको शिखर सम्मेलनमा गत मंगलबार उक्त घोषणा गरेका हुन् ।

‘ म र मेरी श्रीमती मिसेलको निकै नजिक रहेको विशेष कार्यक्रम ‘लेट गर्ल्स लर्न’ लाओस र नेपालमा आउँदैछ,’ ह्वाइट हाउसले जारी गरेको राष्ट्रपति ओबामाको भाषणमा उल्लेख गरिएको छ । ‘किशोरी र महिलालाई किशोर र पुरुषसरह सफलता हाँसिल गर्ने अवसर नदिएसम्म संसारको कुनै पनि देश वास्तविक रुपमा सफल हुन सक्दैन,’ उक्त रिलिजले बताएको छ ।

अमेरिकी प्रथम महिला मिशेल ओबामाले पनि सो बारे पुष्टि गरेकी छिन् । उनले बुधबार ट्वीटरमार्फत सो कुराको जनकारी दिएकी छिन् । उनको ट्वीट यस प्रकार छ, ‘ठूलो समाचार! आज अमेरिकाका राष्ट्रपतिले ‘लेट गर्ल्स लर्न’ कार्यक्रम लाओस र नेपालमा बिस्तार गरिने घोषणा गरे ।’


‘लेट गर्ल्स लर्न’ कार्यक्रम अमेरिकी सरकारको नेतृत्वमा सन् २०१५ मा लञ्च गरिएको हो । यो कार्यक्रमले किशोरीहरुको शिक्षा, स्वास्थ्य र सुरक्षाका विशेष चुनौतीको सम्बोधन गर्दछ ।

अहिलेसम्म यो कार्यक्रम दुई देश– मालावी र तान्जानियामा आयोजना गरिएको छ । राष्ट्रपतिको घोषणापछि यो कार्यक्रमको सुविधा लिनेमा नेपाल र लाओस पहिलो एसियाली देश हुनेछन् ।
CLICK HERE TO WATCH
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment