काठमाडौं, १३ असोज । नेपालले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १९ औं शिखर सम्मेलन तोकिएकै मितिमा सम्पन्न गर्नुपर्ने अडान अघि सारेको छ ।
परराष्ट्र मन्त्रालयले बुधबार साँझ एक विज्ञप्ति जारी गरी भारतका कारण अनिश्चित बन्दै गएको सार्क बैठक तोकिएकै मितिमा सम्पन्न गर्नुपर्ने अडान सार्वजनिक गरेको हो । सार्कको अध्यक्ष समेत रहेको नेपालले पाकिस्तानलाई एक्ल्याउने भारतीय भुमिकाप्रति असहमति समेत जनाएको छ ।
काश्मिरको उरी घटनापछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादलाई प्रश्रय दिएको भन्दै पाकिस्तानलाई विश्वमा एक्ल्याउने चेतावनी दिएका थिए । जसको सुरुआत सार्कबाट गरेका थिए । उनले आफ्नो देशसँगै बंगलादेश, अफगानिस्तान र भुटानलाई पनि सार्क सम्मेलन बहिष्कार गर्न लगाएका थिए ।
तर, यसपटकको सार्क शिखर सम्मेलनको अध्यक्षता गरिरहेको नेपालले भारतको चाहनाविपरित पाकिस्तानलाई साथ दिँदै सबै सदस्य राष्ट्र सार्क चार्टरको भावनाअनुरुप बढ्नुपर्ने र सार्क शिखर सम्मेलन तोकिएकै मितिमा हुनुपर्नेमा जोड दिएको छ ।
परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको छ- ‘सार्क अध्यक्ष देश हुनाका नाताले सार्कका सबै देशलाई नेपाल सरकार सार्कको वडापत्रको मर्मअनुसार सार्क शिखर सम्मेलन गर्नका लागि सबै सदस्य देशले आफ्नो सहभागिता सुनिश्चित गर्दै त्यसका लागि सुहाउँदो वातावरण बनाउन आग्रह गर्छ ।’
नेपालले पाकिस्तानलाई साथ दिँदै सार्क सम्मेलनमा हुनुपर्ने अडान राखेपछि भारतलाई झट्का लागेको छ ।
भारतको चाहना नेपालले पनि भुटान र वंगलादेशले जस्तै भूमिका खेलोस् र पाकिस्तानलाई एक्ल्याउन पाइयोस् भन्ने रहेपनि नेपालले भारतीय इच्छा विपरीत आफ्नो तटस्थ परराष्ट्रनीतिलाई अवलम्बन गर्दा सार्कमा पाकिस्तानलाई एक्लाउने भारतीय रणनीति असफल भएको छ ।
यस्तो छ परराष्ट्र मन्त्रालयको विज्ञप्तिः


0 comments:
Post a Comment