इन्डोनेशियाको दक्षिण सुलावेसीको पहाडमा रहने मानिसहरुले आफ्ना परिवारका कोही पनि सदस्यको मृत्युपछि पनि दाहसंस्कार नगरी शवलाई आँफैसँग सम्हालेर राख्छन् ।
संसारभरकै प्रचलनलाई चुनौँतीदिँदै तोरजा समाजले मृत्यु पछि पनि लाशलाई लाश नमानेर घरमा नै सजाएर राख्ख्दै आएका छन् ।
यो समुदायका मानिसले मृतकलाई बिरामी व्यक्तिका रुपमा मान्दै आएका छन् । त्यति मात्रै होइन उनीहरुले सुरक्षीत राखेका लाशहरुलाई दैनिक विहानै नुवाइदिन्छन् । मृतकको शरीरलाई सुरक्षीत राख्नका लागी फर्मल्डिहाइड र पानीको मिश्रण बनाएर नियमित रूपमा शरीरमा लगाइदिने प्रचलन छ । उनीहरु भन्छन् लाशसँग कत्तिपनि डर लाग्दैन तर डर भन्दा धेरै माया लाग्छ ।
यो समाजमा करिब ५ लाख मृत शरीर छन् जसलाई तोरजा समाजका मानिसले अझै सुरक्षीत राखीरहेका छन् । यदी यो समाजमा कोही मानिस मर्यो भने भोज भतेर गरेर अन्त्मि दाहसंस्कार गरिन्छ । मानिसको मृत्युपछि भैँसी काटेर बृहद भोजको आयोजना गरिन्छ । र लाशलाई उही पुरानै शैलीले सुरक्षीत राखिन्छ ।

0 comments:
Post a Comment