गगन थापाले आज खोले मनको कुरा , भन्छन प्रचण्डलाई हटाएर पनि देश बचाउन केपी ओलीसंग कांग्रेस मिल्नु पर्छ नत्र देश दुर्घटनामा जान्छ



काठमाडौं १४ असोज । नेपाली कांग्रेसका नेता एवं स्वास्थ्यमन्त्री गगन थापाले एमाले अध्यक्ष केपी ओलीसँग लामो छलफलपछिको निश्कर्ष सुनाउँदै भनेका छन्- निर्वाचन गर्न सजिलो छैन, हामी दुर्घटनामा जान सक्छौं । शक्ति सन्तुलन बदलेर भए पनि चुनाव गर्नुपर्छ ।

capture
प्रचण्ड नेतृत्वको सरकारमा सहभागी रहेका मन्त्री थापाले देशलाई दुर्घटनामा जान नदिनका लागि अहिलेको शक्ति सन्तुलन फेरेर भए पनि चुनाव गर्नुपर्ने बताए । थापाले यसको थप व्याख्या गरेनन् । तर, उनको संकेत सरकारको नेतृत्व हेरफेर गरेरै भए पनि एमालेलाई समेत एक ठाउँमा ल्याउनुपर्छ भन्ने देखिन्थ्यो ।
शुक्रबार तीनकुनेस्थित रोयल बेेङ्क्वेटमा आयोजित कृष्णप्रसाद सिटौला समूहको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री थापा पनि उपस्थित थिए । कार्यक्रममा छोटो मन्तव्य दिँदै थापाले एमाले अध्यक्ष केपी ओलीसँग लामो छलफल गरेको जानकारी दिए ।
‘मैले केही दिनअगाडि पूर्वप्रधानमन्त्री केपी ओलीजीसँग बसेर लामो छलफल गर्दाखेरि उहाँको पनि ठूलो चिन्ता छ’ मन्त्री थापाले भने, ‘हामी वीचमा केही भिन्नता र तिक्तताहरु होलान् । यी सबै कुरालाई टेबलमा राखेर समाधान गर्न खोजिएन भने हामी दुर्घटनामा जान्छौं । निर्वाचन गर्न सजिलो छैन ।’
मन्त्री थापाले अहिलेको शक्ति सन्तुलनलाई समेत बदलेर भए पनि देशलाई दुर्घटनाबाट जोगाउनुपर्ने बताए । उनले भने- ‘योबेलामा दलको विषय, सरकारको विषयभन्दा पनि संविधानको कार्यान्वयनको विषयमा को सरकारमा छ र को सरकारमा छैन भन्ने कुरालाई बिर्सेर एक ठाउँमा उभिनुपर्छ । बरु अहिलेको यो शक्ति सन्तुलनलाई बदलेर भएर पनि एक ठाउँमा कसरी उभिने ? कठोर निर्णय गरेर भए पनि एक ठाउँमा उभिने हो । होइन भने, हेर्दाहेर्दै निर्वाचन गर्न सकेनौं भने देश ठूलो दुर्घटनामा जान्छ ।’
मन्त्री थापाले भने- ‘मैले अहिले ०६२/०६३ को आन्दोलनलाई सम्झिइरहेको छु । त्यो यात्रा अहिले पनि टुंगिएको छैन ।…. अहिले कांग्रेसले रियलाजेसन गर्ने बेला आएको छ । अब यो यात्रालाई निश्कर्षमा पुर्‍याउनुपर्छ ।’
नेपाली कांग्रेसले सकेन
मन्त्री थापाले आफ्नै पार्टी नेपाली कांग्रेसको आलोचना गर्दै कांग्रेसले आन्दोलनका उपलब्धिहरु कहिल्यै संस्थागत गर्न नसकेको बताए । उनले भने- ‘नेपाली कांग्रेसको सदस्य भएर मञ्चहरुमा हाम्रा नेताले पहिल्यैदेखि भन्ने गरेको सुन्दै आएको छु । ००७ सालको आन्दोलनको नेतृत्व हामीले गर्‍यौं, ०४६ सालको आज्न्दोलनको नेतृत्व हामीले गर्‍यौं, ०६२/०६३ को आन्दोलनको नेतृत्व पनि हामीले गर्‍यौं । हामी जहाँ पनि यो बोल्छौं । सबैले थपडी पनि बजाउयँछन् । तर, यतिचोटि आन्दोलनको नेतृत्व गर्ने कांग्रेसले आन्दोलनका उपलब्धि कहिल्यै पनि जोगाउन सकेन ।’
मन्त्री थापाले आगामी २०८४ सालमा पनि यस्तै भन्नुपर्ने अवस्था आउन सक्ने बताए । उनले भने- ‘अहिले पनि सम्हाल्न सकेनौं भने ०८० सालतिर गइसके पछाडि चौथोपटक आन्दोलनको नेतृत्व गर्ने ? ०८४ सालतिर गइसकेपछि हाम्रोजस्तो पार्टी कसैको पनि छैन, हेर्नोस् ००७ सालको आन्दोलनको नेतृत्व पनि हामीले नै गर्‍यौं, ०८० सालमा पनि गर्‍यौं भन्ने अवस्था आउन सक्छ ।’
अनलाइनखबरबाट

Share on Google Plus

About Unknown

0 comments:

Post a Comment