obama-bidhyadebi-bhandari
नेपालका राष्ट्रपतिलाई पठाइएको सन्देशको पूर्ण पाठ
प्रिय राष्ट्रपतिज्यू :
यहाँहरूले असोज ३ गते संविधान दिवस मनाउँदै गर्दा तपाईँ र नेपाली जनताहरूलाई बधाईज्ञापन गर्न पाए मलाई खुसी लागेको छ। संयुक्त राज्य अमेरिकाका जनताको तर्फबाट शुभकामना व्यक्त गर्न पाएकोमा समेत मलाई गौरवानुभूति भएको छ ।
तपाईँको देशमा विनाशकारी भूकम्प गएको एक वर्षभन्दा बढी समय बितिसकेको छ र त्यस विपद्मा आफ्ना प्रियजन गुमाएका परिवारहरूको शोक अझै पनि अमेरिकी जनताले अनुभूत गरिरहेका छन् । त्यस शोकका बीच पनि नेपालको भविष्यका लागि ठूलो आशा रहेको छ । दु:खद घटनालाई उज्ज्वल भविष्यको कामनाको बीचमा आउन नदिने यात्रामा हामी तपाईँ र सारा नेपालीहरूको साथमा छौँ। आफ्ना घर र जीवनहरू पुनर्निर्माण गरेका नेपालीहरूको बलको संयुक्त राज्य अमेरिकाले सधैँ प्रशंसा गरिरहनेछ र यस प्रयत्नमा तपाईँहरूलाई सहयोग गर्नका लागि हामी आफूले सक्ने सबथोक गरिरहने नै छौँ ।
यस शुभ अवसरमा म तपाईँलाई के आश्वासन दिन चाहन्छु भने संयुक्त राज्य अमेरिका हामीबीचको सम्बन्धलाई अघि बढाउन र समुज्ज्वल भविष्यको उपलब्धिमा नेपाललाई सहयोग गर्नका लागि प्रतिबद्ध छ । नेपालको जलविद्युत् सम्भावनाको वृद्धि, पूर्वाधार विकास र दु:खद द्वन्द्वबाट प्रभावित सबैका लागि न्यायको खोजी लगायतका उपलब्धिमा मद्दत गर्ने हाम्रो प्रतिबद्धता रहेको छ ।
फेरि पनि म तपाईँ र सारा नेपालीहरूलाई यस विशेष दिवसको उपलक्ष्यमा बधाई ज्ञापन गर्दछु । लोकतन्त्रहरूले प्राकृतिक सम्बन्ध स्थापना गर्दछन् र आगामी वर्षहरूमा हामी त्यस सम्बन्धलाई प्रगाढ बनाउन चाहन्छौँ ।
भवदीय,
बाराक ओबामा
FROM लाइट नेपाल

0 comments:
Post a Comment