खाना खाँदा किन धेरै पानी नपिउने ?

यदि तपाईको खाना खाँदा धेरै पानी पिउने बानी छ भने तुरुन्तै बदल्नुहोस् किनकी त्यसले तपाईको स्वास्थ्यमा फाइदा गरिरहेको हुदैन ।

पानी पिउनु कति फाइदाजनक छ भनेर त हामी सबैलाई थाहा नै छ । तर, कतिबेला पिउने वा नपिउने भन्ने जानकारी नहुन सक्छ । बैज्ञानिक दृष्टिकोणबाट हाइड्रसन र पाचन प्रणालीलाई अति आवश्यक पदार्थ हो पानी । आखिर किन हुन्छ त खाना खाँदा पानी पिउँदा हानी :

यदि तपाई खानासँग धेरै पानी पिउनु हुन्छ भने यसले पित्त र पेटमा अम्लको आवश्यक स्तरमा असर पार्न सक्छ । यसबाट तपाईंको खाना ठीक तरिकाले पचाउन नसकेर पेटमा अन्य विषाक्त तत्व जम्मा हुन् शुरु हुन्छन् ।

खाना खानभन्दा ३० मिनेट पहिला पानी पिउनु राम्रो हुन्छ । खाना खानु भन्दा ३० मिनेट पहिला पानी पिउदा त्यसले विचचिमा पानी पिउने बानी हट्दै जान्छ । खाना पचाउने रसले त्यसपछि आफ्नो काम राम्रोसँग गर्न सक्छ ।

सात्विक आहार नै हाम्रो स्वास्थ्यको लागि उत्तम हो । जबकि चर्को मसाला, पिरो, धेरै नुन भएको खाना खाँदा पानी खानुपर्ने आवश्यकता हुने भएकाले सादा खाना खानुपर्छ ।

यदि खाना खाँदा पानी नभइ नहुने बानी छ भने थोरै पानीको सहारा भने लिन सक्नुहुन्छ । यदि पानीमा कागति मिलाइएको छ भने यसबाट पाचन क्रिया छिटो हुन मद्धत गर्दछ ।

यदि तपाईले दिनभरी एक पटक पनि पानी पिउनु भएको छैन भने खानासँग थोरै पानी पिउनु सक्नु हुन्छ किनकी शरीरमा पानीको मात्रा कम भयो भने खाना सजिलै पचाउन गाह्रो हुन्छ साथै एसिडिटी पनि हुन जान्छ ।

खाना खाएको ३० मिनेट पछि पानी पिउनुपर्छ । यसले खाना सजिलोसँग पचाउन मद्धत गर्छ र शरीरलाई चाहिने आवश्यक पानीको मात्रा पनि पुग्छ ।
- एजेन्सी From swasthyakhabar
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment