उनले आफ्नै रुमको पङ्खामा बेडको तन्नाले घांटीमा पासो लगाएर ज्यान फालेका हुन् ।बाग्लुङ बुर्तिबाङ १ मा स्थायी घर भइ बिगत ४ महिनादेखि बुटवलमा बाबु नरहरि भुसालसंग बस्दै आएका थिए ।
बिशाल बुटवलको कालिकानगरमा रहेको कालिका उच्च माबि कक्षा ९ मा पढ्दै आएका थिए ।उनले सुसाइट नोटमा लेखेका छन्—‘म मरेको दोष अरु कसैलाइ नदिनु मेरै कारणले मरेको हुं ।’
‘म मरेपनि भाइ र बहिनी ज्यूदै छन् भाइलाइ इलेक्ट्रिक इन्जिनियर,बहिनीलाइ डाक्टर बनाउनू ’ ।उनका बुबा बिजुलीको वाएरिङ गर्ने काम गर्छन् ।
उनी डेढ महिनाअघिदेखि बिभिन्न जिल्लामा बिजुलीको कामका लागि गएका थिए ।बिशाल भने अहिले एक्ले रुममा बस्दै आएका थिए । बिशालकी आमा भने बुबासंग डिभाेर्स गरेर गएकाे धेरै बर्ष बितिसकेकाे बताइएकाे छ ।
आत्महत्याबारे प्रहरीले थप अनुसन्धान थालेकाे बुटवल प्रहरीले जनाएकाे घटनास्थलमा पुगेका प्रहरी नायब निरिक्षक श्यामबहादुर पुनले बताए ।
उनले बुबालाई बिहे गरेर भाइबहिनीकाे संरक्षण गर्न सुझाब पनि दिएका छन् ।
FROM NAGARIK AAWAJ

0 comments:
Post a Comment