संयुक्त अरब इमिरेट्स युएई अबुधाबीको एक कम्पनीमा कार्यरत भण्डारीले ‘सेन्सेसनल बिग टिकट ड्र १७१’ मा मोटो रकमको चिट्ठा आफ्नो पोल्टामा पार्न सफल भएका छन् ।
डिएफएस अबुधाबीको वेबसाइटमा सेप्टेम्बर ५ तारिख सोमबारका दिन चिट्ठाको नतिजा प्रकाशित गरिएको थियो जसको शीर्ष स्थानमा नेपाली नागरिक रामकृष्ण भण्डारीको २३४१७ टिकट नम्बर परेको थियो । भण्डारीलगायत अन्य १४ जना बिजेताको नाम पनि उक्त सूचिमा प्रकाशित गरिएको छ । बिजेता १५ जनामध्ये १० जना भारतीय रहेका छन् भने अन्य दुई फिलिपिन्सका नागरिक रहेका छन् । एक पाकिस्तानी र एक जिम्बाब्वेका नागरिकलेसमेत चिट्ठा जितेका छन् । रातोपाटीबाट

0 comments:
Post a Comment