नरेन्द्र मोदीलाई बम हान्‍ने धम्की !, सुरक्षा सतर्कता उच्च

नरेन्द्र मोदीलाई बम हान्‍ने धम्की !, सुरक्षा सतर्कता उच्च

एजेन्सी, १२ असोज। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई केरलाको कोझिकोड भ्रमणमा रहेको बेला बम हान्‍ने धम्की दिएको खुलासा भएको छ। गत २४ सेप्टेम्बरमा मोदी कोझिकोड भ्रमणमा निस्किदा उनलाई बम हान्‍ने धम्की आएको भारतीय जनता पार्टीको राष्ट्रिय परिषदको बैठक खुलासा गरेको हो।


परिषदलाई उच्च प्रहरी स्रोतले दिएको जानकारी अनुसार नदक्कावु जेलमा एउटा अज्ञात व्यक्तिले फोन गरेर बम फ्‍याक्‍ने कुराकानी भएको रहस्य खुलेको हो। यो रहस्य खुलेसँगै भारतीय प्रहरीले उसको खोजी कार्यमा जुटेको छ।

प्रहरीले मोदीको सुरक्षामा ७ घेरामा कायम गरेको छ भने सुरक्षा सतर्कता अपनाइएको भारतीय सञ्चार माधयमले जनाएको छ। यस्तै प्रहरीले मोदी भ्रमण जादै गर्दा ३ किलोमिटर वरिपरि सुरक्षा सतर्कता र गतिविधिलाई नजिकबाट नियाली रहेको थियो।
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment