Breaking News ३०० यात्रु बोकेको विमान अपहरणमा




४ असोज, एजेन्सी ।
साउदी अरेवियाको एक विमान अपहरणमा परेको आशंका गरिएको छ । विमानमा सन्दिग्ध खतरा रहेको भन्दै फिलिपिन्सको राजधानी मनिलास्थित विमानस्थलमा साउदी विमानलाई छुट्टै राखिएको अन्तराष्ट्रिय सञ्चार मध्यमले जनाएका छन् ।
उक्त विमानमा ३०० भन्दा बढी यात्रु सवार रहेको बताइएको छ । फिलिपिन्सको नागरिक उड्डयन कार्यालयले विमानलाई छुट्टै राखिएको पुष्टि गर्दै विवरण दिएको छैन ।
saudi plane
SVA 872 विमान स्थानीय समय अनुसार दिउसो ३ बजे मनिला विमानस्थलमा अवतरण गरेको थियो । साउदी अरेवियाको जेद्दाबाट आएको उक्त विमानमा ३०० भन्दा बढी यात्रु सवार रहेको अधिकारीहरुले अनुमान गरेका छन् ।
स्थानीय सञ्चारकर्मीहरुले विमान अपहरणमा परेको हुन सक्ने जानकारी ट्वीटरबाट दिएका छन् ।

Possible hijacking of Saudia  . Praying for everyone's safety, especially our OFWs onboard who just want to go home to their families

तर कतिपयले भने पाइलटले झुक्किएर अलर्ट बटन थिचेको हुन सक्ने जनाएका छन् ।
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment