From Ujaylokhabar
मलेशियाको सेलाङ्गर राज्य मा काम बाट फर्कने क्रममा लुटेराहरुको धारिलो खुकुरी प्रहार बाट गम्भीर घाइते
मुसिकोट ५ , बुढाथोक निवासी शोभाखर विसी माथाी आक्रमण भएको हो । उनको तत्काल उद्धार हुन नसके ज्यानको समेत खतारा भएको बताईएको छ । मलेशियाको सेलाङ्गर राज्य अन्तरगत शाहआलमको सेक्टर २६ स्थित अर्बिक सेकुरेटी कम्पनी प्रा.लिमा कार्यरत विसी विहान करिव ६ वजेतिर डिउटीमा जाने क्रममा धारिलो हतियार बोकेर आएका मलेशियन लुटेरहरले आँखा र टाउकोमा प्रहरा गर्दा उनि घम्भीर घाईते भएका हुन् । उनको एउटा आँखा सधैव दृष्टि विहिन हुने गरी फुटेको छ । टाउँकोमा गम्भीर चोट र उच्च रक्त श्राप भई रहेको छ । तिन महिना अघि टाउँकोमा २७ वटा टाँका लगाउने गरी तिनै मलेशियन लुटेराहरुबाट आक्रमाणमा परेका विसीको स्वास्थ्य अवस्था कम्जोर भई रहेको बेला पुनः तरवार जस्ता धारिलो हतियारबाट आक्रमणमा पर्दा शरिरमा रगतको कमी भएको बताईन्छ । त्यति वेला त्यहाँ रहेका छिमेकी र घरबाट समेत खर्च मगाएर उपचार गराई बाँचेका विसी यति बेला अस्पतालमा उपचार्थ भर्ना भए आर्थिक अभाव सिर्जना भए पछि विसीले देश विदेशमा रहेका नेपालीहरुसंग सहयोगको अपिल गरेका छन् । उनले गुल्मी केयर विश्व संञ्जालमा रहेका मुसिकोट, बडागाउँवासी, पौदीअमराई , वामी र हस्तीचौरका साथीहरु मार्फत उपचार गराई घर फर्कने वातवरण गरी मिलाई दिन अपिल गरेका छन् । चरम गरिवीले मलेशिया रोजगारमा गएका विसी पटक पटक लुटिदा र भौतिक आक्रमणमा पर्दा गएको ऋण समेत तिर्न नसक्ने अवस्थामा रहेको परिवारजन बताउ छन् । घाईते विसीलाई मेलिसिया अस्पतालमा भर्ना गरिएको छ । उनको फोन नम्वर गुल्मी केयार विश्व सञ्जाल मार्फत लिएर सहयोग सहानुभुती गर्न सकिने बताईएको छ । मलेशियामा दैनिक जसो नेपालीहरु माथी लुटपात र आक्रमण हुँदै आए पनि त्यहाँ रहेको नेपाली राजदुतावास मुकदर्शक रहँदै आएको गुनासो नेपालीहरुले गर्दै आए पनि नेपाल सरकारबाट सुनुवाई हुन सकेको छैन् । मलोशियामा कार्यरत अधिकांस नेपालीहरु पैसा कमाउने भन्दा पनि कसरी ज्यान बचाएर घर फर्कीने भन्ने त्रासमा रहेका हुन्छन् । त्यहाँ कम्पनीका कतिपय नेपाली लिडर र अन्य नेपाली दलालहरुका कारणले पनि नेपालीहरु असुरक्षित र शोषण–दमनमा पर्दै आएका छन् ।
From Ujaylokhabar
From Ujaylokhabar

0 comments:
Post a Comment