[अपडेट] सप्तकोशी नदीमा डुंगा पल्टियो, २५ जनाको उद्दार, बेपत्ताको खोजी जारी

आश्विन १, २०७३- सुनसरीको श्रीलंका टापुबाट प्रकाशपुर आउँदै गरेको नाउ (डुंगा) राजावासा- ५ सप्तकोशी नदीमा पल्टिएको छ । करिव ४५ जना यात्रु बोक्ने क्षमता रहेको उक्त नाउमा सवार २५ जना यात्रुको सकुशल उद्दार गरिएको छ ।

शनिबारको दिन प्रकाशपुरमा हाट बजार लाग्ने भएकोले उक्त डुंगामा क्षमता भन्दाबढी यात्रु चढेका स्थानीयले बताएका छन् ।

श्रीलंका टापुबाट हाट भर्न आएका यात्रुहरु चढेको डुंगा राजावासा आइपुगेपछि ढ्याउ (भंगालो) मा पसेको थियो । यात्रुको संख्या धेरै भएकोले ढ्याउमा पसेपछि डुंगा असन्तुलन भई पल्टिएको हुनसक्ने नेपाल प्रहरीका एसपी पोषराज पोखरेलले बताए ।

डुंगामा कति यात्रु सवार थिए भन्ने यकिन भइ सकेको छैन । बेपत्ताहरुको खोजी कार्य जारी रहेको पोखरेलले बताए ।

....

सुनसरीको श्रीलंका टापुबाट प्रकाशपुर -५ राजावासा आउँदै गरेको नाउ (डुंगा) कोशी नदीमा पल्टिएको छ । करिव ४५ जना यात्रु बोक्ने क्षमता रहेको उक्त नाउमा सवार २२ जनाको सकुशल उद्दार गरिएको छ ।

नेपाल प्रहरीका एसपी पोषराज पोखरेलका अनुसार नाउमा कति सवार थिए यकिन भइसकेको छैन । उनले भने, '२२ जनाको उद्दार भएको छ । अरु कति थिए भन्ने यकिन जानकारी आइसकेको छैन । हामी खोज्दै छौं ।' घटनास्थलमा स्थानीयले पनि उद्दार गरिरहेका छन् ।

पोखरेलका अनुसार उद्दारको लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ गइसकेको छ ।

नाउ शनिबार मध्यान्ह करिव १२:३० बजे कोशीमा पल्टिएको थियो ।
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment