घिमिरेको मोबाइलबाट एसपीको मोबाइलमा फोन आएपछि

घिमिरेको मोबाइलबाट एसपीको मोबाइलमा फोन आएपछि

चितवन (मुग्लिन), असोज १० – जीप दुर्घटना हुँदा त्रिशुली नदीमा बेपत्ता भएका पूर्व मन्त्री तथा पूर्व मुख्य सचिव माधव घिमिरेको मोबाइलबाट चितवनका एसपी वसन्त कुँवरको मोबाइलमा सोमबार बिहान फोन आयो । बिहान ९ बजेर २२ मिनेट जाँदा एसपी कुँवरको मोबाइलको घण्टी बज्यो । उहाँले फोन उठाउँछु भनेर हेर्दा, माधव घिमिरेको नम्बर देखियो । झण्डै १० सेकेण्ड घण्टी बजेपछि फोन काटियो । यसअघि कुँवरको घिमिरेसँग कुराकानी हुने गरेको थियो । उहाँले त्यसपछि फोन गर्ने प्रयास गरेपनि घरी लाग्ने, तर नउठ्ने घरी फोन नलाग्ने भयो ।

बेपत्ता रहेका घिमिरेको मोबाइलबाट फोन आएको कुरा आइतबारदेखि नै घटनास्थलमा रहनुभएका एसपी कुवँरले चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहलाई सुनाउनुभयो ।

त्यसपछि प्रमुख जिल्ला अधिकारीको समन्वयमा एसपी कुँवरको नेतृत्वमा एक टोली त्रिशुली नदी किनारमा खोजीका लागि गयो । खोज्दै जाँदा बेपत्ता घिमिरेको मोबाइल किनारमा च्यापिएको अवस्थामा फेला पर्‍यो ।

घिमिरेको मोबाइल च्यापिएकाले आफै फोन डायल भएर एसपी कुँवरलाई फोन गएको हुन सक्ने प्रमुख जिल्ला अधिकारी सिंहले जानकारी दिनुभयो । दुर्घटनामा परेर त्रिशुली नदीमा बेपत्ता भएका घिमिरेसहित तीन जनाको अहिले पनि खोजी भइरहेको छ ।

via :-ujyaaloonline
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment