पूर्वगृहमन्त्री माधव घिमिरे चढेको कार त्रिशुलीमा खस्यो, ५ जना वेपत्ता

पूर्वगृहमन्त्री माधव घिमिरे चढेको कार त्रिशुलीमा खस्यो, ५ जना वेपत्ता
त्रिशुली नदीमा कार दुर्घटना हुँदा पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित पाँच जना वेपत्ता भएका छन् ।
९ असोज, चितवन । त्रिशुली नदीमा कार दुर्घटना हुँदा पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित पाँच जना वेपत्ता भएका छन् ।

मुग्लिनबाट काठमाडौं जाँदै गरेको ना १३ च १३५१ नम्वरको स्कार्पियो कार आइतबार साँझ सडकबाट तल त्रिशुली नदीमा खसेको हो ।

घटना साँझ ५ बजेतिरको भएको चितवनका प्रहरी प्रमुख एसपी बसन्त कुँवरले जानकारी दिए । उनका अनुसार कारमा सवार व्यक्तिहरु घिमिरेका परिवारका सदस्य भएको हुन सक्ने अनुमान गरिएको छ ।

घिमिरे नेपाल सरकारका पूर्वमुख्य सचिवसमेत हुन् ।

कार पुरै पानीमा डुबेको र खोजीकार्य जारी रहेको कुँवरले जानकारी दिए ।

कुरीनटारस्थित सशस्त्र प्रहरी बलको आपत्तिकालिन उद्धार टोली घटनास्थलमा परिचालित छ ।
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment