यदि एक घण्टाभित्रै दुई पटक सेक्स गर्ने हो भने पुरुष चाँडै पिता बन्न सक्दछन् । एक अध्ययनबाट यो तथ्य सार्वजनिक भएको हो । एक घण्टाभित्र दुई पटक सेक्स गर्दा पुरुषको प्रजनन क्षमता तीन गुणाले बृद्धी हुन जान्छ । शोधकर्ताहरुका अनुसार जब एक पुरुषको विर्य दोस्रो स्याम्पल एक घण्टाभित्र दिन्छ भने इन्फर्टिलिटी ट्रिटमेन्टको सफलताको दर कयौ गुणा बढ्दछ ।
वैज्ञानिकहरुका अनुसार यो निष्कर्ष ती दम्पत्तिहरुका लागि लाभदायक हुनेछ जो प्राकृतिक ढंगले सन्तान प्राप्त गर्न चाहन्छन्। यो अध्ययनका अनुसार जब चिकित्सकहरुले पुरुषको तर्फबाट एक घण्टाभित्र दिइने स्पर्मका सयौ स्याम्पल प्रयोग गरे, तब आइयुआई शोधमा संलग्न १५ जना महिला तत्काल गर्भवती भए । अध्ययनमा ७३ जना जोडीलाई संलग्न गराइएको थियो ।
उनिहरु इन्फर्टिलिटीको उपचारका लागि अस्पताल आएका थिए । एकघण्टामा एकपटक सेक्स गर्ने पुरुषबाट मात्र छ प्रतिशत महिला मात्रै गर्भवती हुन सक्दछन् भने एक घण्टामा दुईपटक सेक्सबाट यो दर २० प्रतिशतले बढेको उनिहरुको दावि छ ।

0 comments:
Post a Comment