सडकमै नयाँ नोट

आश्विन १७, २०७३- रत्नपार्कको फुटपाथमा नाङ्ले पसल थापेर बसेकाहरूले खानेकुरा, कपडा र खाजा बेच्ने गरेको दृष्य सामान्य हो । तर, दसैंका बेलामा अब पैसा साट्नेहरू पनि लहरै बसेर खुलेआम बैंकले झैं नयाँ नोट सटहीको कारोबार गरिरहेका छन् । नयाँ नोट चाहिनेहरूको भीड पनि उत्तिकै देख्न सकिन्छ ।

सोमबार घर जाने बस चढ्न रत्नपार्क पुगेका अकलमान गोले त्यहीं नोट साटदै थिए । ‘५ सय रुपैयाँबराबरको ५० का नयाँ नोट साटें,’ उनले भने, ‘२५ रुपैयाँ काटयो । जे भए पनि लाइनमा बस्नुभन्दा यहीँ पाइयो राम्रै भयो ।’ तर यो ‘रेट’ त कम हो ।
‘जति चाहियो त्यतिको पाइन्छ । सयकडा १० हो,’ एक व्यापारीले भने, ‘हामीले लामो लाइन बस्नुपर्छ त्यसको अगाडि त यो एकदम कम हो ।’ नयाँ नोट मात्र होइन सिक्का पनि १० को लिन चाहे १ वा २ रुपैयाँसम्म बढी तिर्नुपर्छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीको छेउछाउसमेत यस्ता कार्य खुला रूपमा भइरहेका छन् ।

दिउँसो ३/४ बजेतिर लहरै नयाँ नोट सटही गर्न बसेकामध्ये ९० प्रतिशतजति साढे ५ बज्दासम्म उठिसकेका थिए । त्यसको ठाउँमा कपडा बेच्ने व्यापारी र खाजा बेच्नेहरू थिए ।
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment