कतिपयमा भने शीघ्र स्खलन, यौन उत्तेजनाको कमी, नि:सन्तान, लिंगको बनावट आदिका कारणले चरम सुख प्राप्त गर्न गाह्रो हुनुका साथै यौन जीवन सफल पनि हुँदैन । यसका साथै गोप्यताको कमी, एकान्त वातावरणको अभाव, चिन्ता, तनाव, अनिच्छित गर्भ तथा यौनरोग लाग्ने आशंकाका कारण पनि यौन सन्तुष्टि प्राप्त गर्न समस्या हुनसक्छ ।
विवाहइतर सम्बन्ध, अविवाहित अवस्थामै यौन सम्बन्ध आदिमा पनि यौनसन्तुष्टि प्राप्त गर्न गाह्रो हुन सक्छ । एकै खालको दैनिकी, दाम्पत्यबीचमा विश्वासको कमी, करकाप वा बाध्यतापछिको यौनसम्बन्ध, वैवाहिक बलात्कार एवं यौनहिंसाका कारणले पनि चरम सुख प्राप्त गर्न गाह्रो हुन्छ ।
कतिपय व्यक्ति सानै उमेरमा यौन हिंसा वा यौनजन्य अपराधबाट प्रताडित भैसकेको अवस्थामा पछि यौनसम्बन्ध नै राख्न नचाहने हुँदा यथेष्ट यौन सन्तुष्टि प्राप्त गर्न सक्दैनन् ।
जीर्ण खालको स्वास्थ्य समस्याका साथै यौन उत्तेजनामा खलल पुग्ने खालको शारीरिक चोटका कारण यौन सन्तुष्टि प्राप्त गर्न समस्या हुनसक्छ । हालसालैको ठूलो शल्यक्रिया, कतिपय औषधि तथा अत्याधिक मद्यपान एवं लागूपदार्थको सेवनका कारण पनि यौन सम्बन्ध सफलतापूर्वक स्थापित गर्न नसक्ने भै चरमसुख प्राप्त गर्न गाह्रो हुन्छ ।
महिनावारी भैरहँदा, योनिमार्गमा सुख्खापनको समस्या हुँदा, योनि संकुचन एवं पीडादायी यौनसम्पर्कका कारण पनि चरम सुख प्राप्त गर्न सकिँदैन । माथि उल्लेखित समस्याअनुसार नै समाधानका उपाय पहिल्याउनुपर्छ ।
मुख्य कुरा यौन साथीबीच आपसी संवाद, समझदारीका साथै पाक्क्रीडाको महत्वपूर्ण भूमिका हुन्छ । कतिपय अवस्थामा शारीरिक अवस्था तथा स्वास्थ्य समस्यालाई विचार गरी यौनसन्तुष्टि प्राप्त गर्ने वैकल्पिक उपायहरू अपनाउनुपर्ने हुन्छ । कतिपय अवस्थामा यौन साथीहरूले एक–अर्काको आत्मविश्वास जगाउने उपाय अपनाउनुपर्छ ।
मानसिक रूपमा तयार गरी यौन सम्पर्क राख्ने, जननेन्द्रिय घर्षणमा मात्र ध्यान नदिई यौनसम्पर्कका लागि सहज वातावरण बनाउनुपर्छ । यस क्रममा यौनांग वरिपरिको समस्या, पीडादायी यौन क्रिया, विवाहइतर यौनसम्बन्ध तथा वैवाहिक बलात्कारको पनि उचित समाधान गर्नुपर्छ ।
From Saptahik

0 comments:
Post a Comment