दुताबासले साउदीमा अलपत्र परेकाहरुलाई खानाको प्रबन्ध मिलाइएको र तलब नपाएका ४१ कामदारमध्ये ६ जनालाई नेपाल नै फर्काइसकिएको समेत जानकारी दिएको छ । सोमबार प्रधानमन्त्री प्रचण्डले साउदी अरब, श्रीलंका लगायतका मुलुकमा समस्यामा परेका नेपाली कामदारको उद्धारका लागि सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।
परराष्ट्र सचिव शङ्करदास वैरागीलाई टेलिफोन गरी नेपाली नागरिक विदेशमा अलपत्र पर्नु स्वाभाविक नभएको र नेपालीले कुनै पनि रुपमा दुःख पाउन नहुने भन्दै तत्काल स्वदेश फर्काउन भनेका थिए। यसैबीच साउदी राजा सल्मान बिनले पनि विदेशी कामदारहरुलाई पैसा नदिने कम्पनीहरुलाई सरकारले कारवाही गर्ने संकेत गरेका छन् । नेपाल र भारतका कामदारहरु साउदीमा अलपत्र परका समााचारहरु भाइरल बनेपछि साउदी राजाले यस्तो आदेश दिएका छन् ।
From sajhapage

0 comments:
Post a Comment