काभ्रेमा बस दुर्घटनाः प्रत्यक्षदर्शी भन्छन्- घाइतेलाई बचाउन मुस्किल छ

३१ साउन, काठमाडौं ।

काभ्रेमा बस दुर्घटना हुँदा ठूलो हताहती भएको छ । सोमबार दिउसो काठमाडौंबाट काभ्रेको कोशीपारी जाँदै गरेको बा २ ख १०६ नम्बरको बस विर्ता देउवारीमा दुर्घटना हुँदा उक्त हताहती भएको हो ।

दुर्घटनामा चालक र सहचालक सहित कम्तिमा ४० देखि ४५ जनाको मृत्यु भएको घटनास्थलमा रहेका स्थानीय रुपेश सेडाइले नेपाली हेडलाइन्सलाई जानकारी दिए ।

उनले घाइतेहरुको अवस्था दर्दनाक रहेको र उनीहरुलाई हेलिकोप्टर नआए सम्म बचाउन नसकिने अवस्था रहेको समेत उनले बताए । बस सडकबाट २०० मिटर तल खसेर क्षत विक्षत अवस्थामा रहेको छ ।



दुर्घटनास्थलबाट एम्बुलेन्स अस्पताल पुग्न कम्तिमा ३ घण्टा लाग्ने जानकारी सेडाइले दिएका छन् ।

बालुवाटारमा भिड भएपछि प्रचण्डको अर्को बोल्ड निर्णय

घटनास्थलमा लाशै लाशः लाशको टाउको पनि देखिँदैन

रुपेशले आफूहरु पुग्दा घटनास्थलमा चालक र सहचालक सहित ४०-४५ जनाको लाश देखेको बताए । जताततै लाश र घाइते हरु देखेको भन्दै उनले आफूहरु अत्तालिइरहेको समेत बताए । अहिले सम्म घटनास्थलबाट ३० जना घाइतेलाई उद्दार गरिएको छ । तर उनीहरुलाई हेलिकोप्टर नआए सम्म बचाउन सकिने अवस्था नरहेको उनले बताए ।

उनले भने, “लाश देखिन्छ तर टाउको छैन । प्रहरी भर्खर आइपुगेको छ । म आउँदा घाइतेहरु चिच्चारहेको थिए । घाइतेहरुलाई लिन हेलिकप्टर पुगेको छैन । आउने भनेको पनि छैन । एम्बुलेन्स २ वटा आइपुग्यो । एम्बुलेन्समा देउली बनेपा आइपुग्न २ घण्टा लाग्छ” ।



प्रधानमन्त्रीको निर्देशन- तत्काल उद्दार गर्न सबै जुटौं

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काभ्रे दुर्घटनाका घाइेतहरुलाई तत्काल उद्दार गर्न निर्देशन दिएका छन ।

दुर्घटनाका प्रत्यक्षदर्शीको रुहाउने बयानः लाश छ टाउको छैन

सोमबार दिउसो काभ्रेको बिर्ता देउरालीमा भएको बस दुर्घटनामा ठूलो हताहती भएपछि प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीको ट्वीटरबाट निर्देशनबारे जानकारी दिइएको हो । प्रधानमन्त्रीले नेपाल सरकारका सम्पूर्ण संयन्त्र र पार्टी नेता, कार्यकर्तालाई उद्दारमा खटिन निर्देशन दिएका छन् ।

From Nepali Headlines
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment