अस्ट्रेलियामा एक पिताले आफ्नै छोरीलाई बलात्कार गरेर गर्भवती बनाएपछि…

आइतबार, १२ भदौ,

मेलबर्न– अस्ट्रेलियाको सहर मेलवर्न सिटीमा बस्दै आइरहेका एक व्यक्तिलाई त्यहाँको एक अदालतले १० वर्षको जेल सजाय सुनाएको छ । आफ्नै किशोरी छोरीलाई बलात्कार गरेर गर्भवती बनाएपछि उनलाई अदालतले यस्तो सजाय सुनाएको हो ।

डेलीमेलले दिएको रिपोर्ट अनुसार आरोपीले आफ्नै छोरीलाई चक्कुका भरमा घम्की देखाउँदै आफुले गरेको अपराध लुकाउन खोजेका थिए । आरोपीकी श्रीमतीले यस घटनाबारे थाहा पाएपछि प्रहरीमा उजुरी दिएकी थिइन् । पिडित किशोरीलाई विभिन्न बाहानामा बलात्कार गर्ने र धम्की दिने काम आरोपीले गरेका थिए ।

घरमा एक्लो भएको अवस्थामा आफ्नै छोरीमाथि बलात्कार गर्ने पितालाई प्रहरी हिरासतमा राखिएको थियो । भिक्टोरिन काउन्टी कोर्टमा मुद्धा दर्ता गरिएको थियो । पिडित किशोरीकी वकिलले किशोरीकै बेडरुममा बलात्कार गरेको आरोप लगाएका थिए ।

अदालतमा भएको सुनवाईमा आरोपीले आमा अथवा अरु कसैलाई भनेमा चक्कुले हानेर मार्ने घम्की दिएका थिए । आफ्नो कुरा नसुन्ने भन्दै आरोपीले बारम्बार कुटपीट गर्ने गरेका थिए । आरोपीले पोर्न फिल्म हेर्न बाध्य बनाएको र पोर्न फिल्ममा जस्तै कार्य गर्न बाध्य पारेको सुनुवाईमा बताइएको थियो ।


शारिरीक यातना र बलात्कारको शिकार भएकी १४ वर्षीय किशोरीमा केही समय पश्चात गर्भवती भएका लक्षणहरु देखिन थालेका थिए । जब पिडित किशोरीकी आमाले किशोरीको पेट बढेको थाहा पाइन् र यसबारे ओरोपीलाई बताइन्, आरोपीले किड्नीमा पत्थरी परेको भन्दै कुरा टाल्न खोजेका थिए ।

श्रीमतीलाई भ्रमित पार्न खोजेका आरोपीले पिडित किशोरी गर्भवती भएको कुरा लुकाउन हरसम्भव प्रयास गरेका थिए ।

अदातलमा न्यायधिशले आरोपीलाई सोधेका थिए, ‘तिमीले आफ्नी श्रीमतीलाई विश्वास कसरी दिलायौ कि त्यो किड्नीमा पत्थरी नै थियो भनेर? उल्टै छोरीलाई पानी र खाने कुरा धेरै नखाएको भन्दै दोष लगायौ ।’

पिडित किशोरीकी आमालाई शंका लागेपछि उनी छोरीलाई लिएर डाक्टरकोमा जचाँउन पुगेकी थिइन् । जचाउन पुग्दा उनी आश्चर्य चकित परिन् । छोरी गर्भवती भएको थाहा पाएपछि उनको होसहवास नै उडेको थियो । त्यस घटना लगत्तै उनी प्रहरीमा उजुरी गर्न गएकी थिइन् ।

आरोपीले प्रहरीलाई दिएको बयानमा भनेका छन्,‘ म मान्छे होइन । म जनावरभन्दा पनि तल्लो स्तरको व्यक्ति हुँ ।’

न्यायधिशले मानवको नाममा कंलकभएको भन्दै १० वर्षको जेल सजाय सुनाएका हुन् ।
via:nepalipatra.com
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment