वाह गर्नुअघि मोरङ बेलबारी–५ का पशुपति तामाङसँग प्रेम सम्बन्ध राख्दै आएकी शान्ताको अन्ततः उनै पशुपतिसँगको शारीरिक सम्पर्कबाट बसेको ५ महिनाको गर्भका कारण शनिवार मृत्यु भएको हो। बिर्तामोडस्थित मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएपछि शान्तालाई ‘दमले मृत्यु भएकी बहिनी’ भन्दै पशुपतिले इलामको गुम्बाडाडामा शव जलाउन खोज्दा अवैध सम्बन्ध खुलेको हो।
ताप्लेजुङको फूलबारी–७ का रामप्रसाद तामाङसँग विवाह गरेकी २० वर्षीया शान्ताको पशुपतिसँग अवैध शारीरिक सम्पर्कपछि गर्भ रहेको र झापामा गर्भपतन गर्नेक्रममा गम्भीर हुँदा मृत्यु भएको प्रहरीले जनाएको छ। श्रीमान् बैदेशिक रोजगारीमा गएपछि अमरपुरस्थित माइतीघर बस्दै आएकी शान्ता पशुपतिस”गको सल्लाहबमोजिम गर्भपतन गर्न बैशाख १८ गते पाचथरबाट बिर्तामोड झरेकी थिइन्।
‘झापाको कञ्चनजंघा अस्पतालमा गरेको भिडियो एक्सरे बोकेर सुरुङ्गाको म्यारिगोल्ड सेन्टरमा गर्भपतन गराएको देखिएको छ’ इलामस्थित जिल्ला प्रहरी कार्यालयका सई मनिष थापाले भने, ‘५ महिनाको गर्भपतन गर्दा गम्भीर हुनपुगेकी शान्ताको थप उपचारक्रममा झापाकै मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएको रहेछ।’ सुरुङ्गाकै म्यारिल्याण्ड सेन्टरले भने गर्भपतन गर्न नमानेको खुलेको छ।
पक्राउ परेका पशुपतिले दिएको बयानअनुसार, तोकिएको अवधि नाघेको गर्भपतन गरेवापत म्यारिगोल्ड सेन्टरले १८ हजार रुपैयाँ लिएको थियो।
अवैध सम्बन्धको प्रमाण बनेको गर्भ खेर फाल्न खर्चको जोहो गरेरै बेलबारीबाट बिर्तामोड आएका पशुपतिले गम्भीर भएपछि शनिबारै मनमोहन अस्पतालमा शान्तालाई भर्ना गरेका थिए। त्यहाँ ज्यान गएपछि पशुपतिले ‘बहिनी’ भन्दै शान्ताको शव एम्वुलेन्समा इलामतर्फ ल्याएका थिए।

0 comments:
Post a Comment