गायिका मगरले बुधबार दिउँसो टेकूस्थित महानगरी प्हरी अपराध महाशाखा पुगेर आफ्नो फेसबुक अकाउन्ट ह्याक गरी प्रोफाइल पिक्चरदेखि टाइमलाइनसम्ममा अश्लील फोटो पोष्ट भउकाले अनुसन्धान गरी कारबाही गर्न अनुरोध गरेकी छिन् ।
ह्याकरले अश्लील सामग्री पोष्ट गर्ने तथा जथाभावी म्यासेज पठाएर अनफ्रेन्ड तथा ब्लक गर्न थालेपछि उनी कारबाहीका लागि प्रहरी शरणमा पुगेकी हुन् ।
गायिका मगरले ह्याकरलाई कारबाही गर्न अनुरोध गर्दै उजुरीसमेत दिएकी छिन् ।
कार्यक्रमदेखि सामाजिक संजालसम्म राम्रो फ्यान बनाएकी ज्योती केही समयअगाडि नै फ्यान पेज बन्द भएपछि व्यक्तिगत फेसबुक चलाउँदै आएकी थिइन् । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

0 comments:
Post a Comment