त्रिशूलीमा यसरि बस खस्यो हेर्नुहोस दर्दनाक अवस्था (फोटो फिचरसहित)


भरतपुर, १० भदाै ।
गौरबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस त्रिशूलीमा दुर्घटना हुँदा कम्तिमा २० जनाको ज्यान गएको पुष्टि चितवनका प्रहरी प्रमुख एसपी वसन्त कुँवरले गरेका छन् ।
ग १ ख ३७०९ नम्बरको बस मुग्लिनको कालीखोला क्षेत्रबाट त्रिशूली नदीमा खसेको उनले जानकारी दिए ।
घटनास्थलमै रहेका कुँवरले भने, “हामी बिहान ५ बजेदेखि यहीं छाैं, २० जनाको शव बाहिर निकालिएको छ। १३ जनालाई उपचारको लागि भरतपुर पठाइएको छ। बाँकी ४ जना घाइतेलाई पठाउँदै छाैं ।”



उनले उद्दार कार्य अझै जारी रहेकाे र पानीकाे बहावका कारण समस्या परेकाे बताए । दुर्घटनाकाे ठ्याक्कै कारण पत्ता नलागेकाे भन्दै एसपी कुँवरले भने, “अहिल्यै यही कारण भन्ने त भएन। तर, चालककाे लापरवाही जस्ताे देखिन्छ ।”
मुग्लिनबाट नारायणघाटतर्फ कालीखोलामा झण्डै सय मिटर तल नदीमा बस खसेको मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।
स्थानीयबासी प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरी घाइतेलाई अस्पताल पठाउने काम गरेकाे हाे ।
बसको केही भागमात्र नदीबाहिर देखिएको छ। शव यत्रतत्र छरिएका भेटिएकाे छ ।
थप विवरण अझै आउन बाँकी छ।

From KhbarChitwan
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment