अस्पताल बाहिर बिरामीको भीड, भित्र कर्मचारी फिल्ममा मस्त, मन्त्रीले अफिस भित्रै पुगेर रङ्गे हात समाते र ति कर्मचारीलाई तुरुन्तै वर्खास्त गरे (हेर्नुस भाइरल भिडियो )

काठमाडौं ४ भदौ | अस्पताल संबेदनशिल क्षेत्र हो । व्यक्तिको स्वास्थ्य संग प्रत्यक्ष सरोकार रहेको अस्पतालमा हदैसम्मको लापरबाही हुने गरेको त हामीले सुन्दै आएका छौ । नेपालमा मात्रै होइन छिमेकी मुलुक भारतमा पनि यस्तै प्रवृति छ ।

भारतमा सरकारी अस्पताल निकै अस्तव्यस्त हुने गरेका छन् । मेडिकल स्टाफको लपारबाही र वेवास्ताका कारण ती अस्पतालमा बिरामीहरुले निकै सास्ती पाउने गरेका छन् ।


हालै दिल्लीका उपमुख्यमन्त्री मनिस सिसोडियाले एक अस्पतालका कर्मचारीको कोठामै गएर रंगेहात पक्रेका छन् । मनिस बुधबार दिल्लीस्थित सरकारी अस्पालको आकस्मिक निरीक्षणमा जाँदा अस्पतालका एक कर्मचारी आनन्दसँग चलचित्र हेरिरहेका थिए । अर्कोतर्फ अस्पतालमा जाँच्नका लागि बिरामीहरुको लामो भिड लागेको थियो । उप मुख्यमन्त्री मनिस कर्मचारीको कोठामै पुगेर उसको काँधमा ढ्याप मार्दा कर्मचारी तर्सिएका थिए ।

कर्मचारीको हर्कतले क्रुद्ध भएका मनिसले उनलाई वर्खास्त गरेका छन् । रेकर्ड समेत गरिएको सो भिडियो आम आद्मी पार्टीको फेसबुक पेजमा राखिएको छ । भिडियो सामजिक सञ्जालमा भाईरल बनिरहेको छ ।

हेर्नुस भिडियो

From Right Nepal
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment