-बाबुले गर्भ बोकाउँदा जन्मियो छोरो "परिवार नै गाउँ निकाला"

बाबुछोरीको सम्बन्धबाट छोरो जन्मिएपछि क्याङ गाविसको एक परिवारलाई स्थानीयले गाउँ निकाला गरेका छन् । उनीहरूले छोएको नचल्ने भन्दै गाउँ निकाला गरिएको हो ।

२० वर्षीया किशोरीले आफू ग्यास्ट्रिकको बिरामी भएको भन्दै लामो समयदेखि औषधि खाइरहेकी थिइन् । केही दिनअघि ग्यास्ट्रिकले च्यापेको भन्दै उपचारका लागि उनी जिल्ला अस्पताल गएकी थिइन् । त्यहीँ उनले १ असारमा बच्चा जन्माएकी हुन् ।

किशोरीले अस्पतालमा आफ्नै बाबुको गर्भ भएको बताएपछि जिल्ला अस्पतालपरिसरमा हेर्नेको भीड नै लागेको थियो । बच्चा जन्मिएपछि नवजात शिशुसहित घर फर्केका उनीहरूलाई क्याङका स्थानीयले गाउँ निकाला गरेका थिए । ४५ वर्षीय केशवबहादुर (नाम परिवर्तन)को परिवारलाई गाउँ निकाला गरिएको हो ।

गाउँ पुगेपछि स्थानीय आमा समूहका प्रतिनिधिले किशोरी र परिवारलाई सोधपुछ गर्दासमेत बाबुकै गर्भबाट बच्चाको जन्म भएको बताएको स्थानीयको भनाइ छ । सो गाविसमा मगर जातिको बाहुल्य छ । ‘उनीहरूले छोएको खान नहुने’ भएकाले गाउँ निकाला गर्ने निर्णय गरिएको एक स्थानीयले जानकारी दिए ।

छोरी, बच्चा र बाबुलाई मात्रै गाउँ निकाला गर्ने निर्णय गरे पनि आमासमेत घर छाडेर सँगै गएकी छिन् । उनीहरू गाउँ निकाला भएपछि ससुराली घर पर्वतको बनौं गएका थिए । तर, त्यहाँसमेत यथार्थ कुरो थाहा भएपछि निकालामा परेका थिए ।


मुलुकी ऐन महल १५ को हाडनातामा करणी गर्नेको दफा १ नं.मा आफ्ना एकै बाबुबाट जन्मेका दिदीबहिनी वा आफूले जन्माएका छोरीको करणी गर्नेलाई दश वर्ष कैद सजायको व्यवस्था छ । तर, सो घटनामा कुनै उजुरी नपरेको प्रहरीले जनाएको छ । उजुरी परे अनुसन्धान थालेर कारबाही प्रक्रिया अघि बढाउने प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए ।

From suvakhabar
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment