७० प्रतिशत धनीले प्रतिदिन ३ सय क्यालोरीभन्दा कम ‘जंक फुड’ खान्छन् जबकि ९७ प्रतिशतभन्दा धेरै गरिबले प्रतिदिन ३ सय क्यालोरीभन्दा बढी खान्छन् ।
४४ प्रतिशत धनी व्यक्ति काममा जानुभन्दा ३ घन्टा पहिले उठ्छन्, जबकि ३ प्रतिशत गरिबले मात्रै यसो गर्छन् ।
८० प्रतिशत धनीले साथीभाइ र परिवारका सदस्यलाई जन्मदिनको दिन फोन गरेर शुभकामना दिन्छन् । गरिबमध्ये ११ प्रतिशतले मात्रै यसो गर्छन् ।
६ प्रतिशत मात्रै धनी व्यक्तिले आफ्नो दिमागमा खेलिरहेको कुरा खोल्छन् । जबकि ६९ प्रतिशत गरिबले यसो गर्छन् ।
६७ प्रतिशत धनीले आफ्नो लक्ष्यबारे लेखेर राख्छन्, जबकि १७ प्रतिशत गरिबले मात्र यसो गर्छन् ।
७६ प्रतिशत धनीहरूले हप्तामा कम्तीमा ४ दिन व्यायाम गर्छन् जबकि २३ प्रतिशत गरिबले मात्रै यसो गर्छन् ।
७० प्रतिशत धनी बाबुआमाले तिनका छोराछोरीलाई महिनाको १० घन्टा वा सोभन्दा बढी स्वयंसेवा गर्न लगाउाछन् । तर, ३ प्रतिशत गरिबहरूले मात्रै यसो गर्छन् ।
८६ प्रतिशत धनीहरूले आजीवन शैक्षिक प्रगतिमा विश्वास गर्छन् जबकि गरिबहरूमध्ये यसो गर्ने ५ प्रतिशत मात्रै छन् ।
८१ प्रतिशत धनीहरूले आफूसित के काम गर्ने भन्ने कुराको सूची राख्छन् । १९ प्रतिशत गरिबहरूले मात्रै यसो गर्छन् ।
६७ प्रतिशत धनीहरूले हरेक दिन एक घन्टा वा त्योभन्दा कम समय टेलिभिजन हेर्छन् जबकि २३ प्रतिशत गरिबहरूले मात्रै यसो गर्छन् ।
६ प्रतिशत धनीले मात्रै कुरा काट्ने गरेको स्विकार्छन् । तर, यस्तो कुरा स्विकार्ने गरिबहरू ७९ प्रतिशत छन् ।
८४ प्रतिशत धनीहरू सही आनीबानीले अवसर र भाग्यको सिर्जना गर्ने ठान्छन् । यस्तो ठान्ने गरिबहरू ४ प्रतिशत मात्रै छन् ।
–एजेन्सीबाट
via:enayapatrika.com

0 comments:
Post a Comment