फेसबुकमा आफ्नो फोननम्बर वा परिवारको तस्बिर राख्नेहरुलाई फेसबुक संस्थापक मार्क जुकरबर्गको यस्तो सल्लाह



आज भोली फेसबुक खुबै लोकप्रिय भयको छ । गाँउ देखी सहर सम्म देस देखी बिदेस सम्म फेसबुक नचलाउने सायद कोही होलान् । फेसबुक हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । गाउँघरबाट धेरै टाढा टाढा बसेका साथी, आफन्त तथा दौतरीहरू संग भेट गर्ने सरल माध्याम नै फेसबुक बनेको छ ।
त्यती मात्र कहा हो र देस तथा बिदेसमा घटेका घट्नाहरु पनी फेसबुक मार्फत सहजै जनकारी लिन सकिन्छ । तर सजगता अपनाइएन भने फेसबुक कहिले काँही हाम्रो लागि समस्या पनि बन्नसक्छ । हामीले जानीनजानी हाम्रो नीजि जानकारी फेसबुकमा समाबेश गर्नाले अरुहरुले यसको गलत फाइदा उठाउने गर्दछन् । फेसबुक सही तरिकाले प्रयोग गर्न जानेका खण्डमा यसबाट फाइदै फाइदा बटुल्न सकिन्छ तर फेसबुक प्रयोगमा लापर्बाही गरेमा भने दुख पाउन सकिन्छ । आज हामी तपाईंलाई फेसबुकमा राख्नै नहुने ११ प्रमुख जानकारीका बारेमा चर्चा गर्दै छौं ।

१. फोन नम्बरः फेसबुक पेजमा कहिले पनि फोन नम्बर नहाल्नुहोस् । यदी मोबाईल नम्बर राख्नु भएको छ भने तुरुन्त हाइड गर्नुहोस् । मानिसहरुले यसका गलत फाइदा ढिलो चाँडो तपाईंबाट उठाउनेछन् ।

२. जन्मदिनः ह्याकरले तपाईंको जन्मदिनले नै तपाईंको नीजि जिन्दगीमा खलबली मच्चाइदिन सक्छन् । यसमार्फत उनीहरु तपाईंको बैंकसम्म पुग्नसक्छन् जसका कारण तपाईंले निकै समस्या झेल्नुपर्ने हुन्छ ।

३. आफुले चिनेको साथीलाई मात्र फेसबुक मा समावेस गर्नुहोस् । नचिनेका मानिसहरुको फ्रेन्ड रिक्वेष्ट कहिले पनि नस्वीकार्नुहोला ।आफुले चिनेको साथीलाई मात्र यहाँ राख्नु राम्रो हुन्छ ।

४. सम्बन्ध का स्टेटसः कसैसँग को प्रेम अनी बिछोड भएको छ भने यस्ता कुराहरु फेसबुकमा समावेश नगर्नुहोस् । अरुले फाइदा उठाउनसक्छन ।

५. क्रेडिट कार्ड डिटेल्सः क्रेडिट कार्डको डिटेल्स कहिले पनि फेसबुकमा नराख्नुहोस् । अकाउन्ट ह्याक हुने सबैभन्दा ठूलो डर यसैबाट हुन्छ ।

६. आफ्नो बोसलाई एड नगर्नुहोस । 
यो तपाईंको ब्याक्तीगत ठाउँ हो । तपाईंको कुरा तपाईंको बोसलाई नराम्रो लाग्न सक्छ जसका कारण तपाईंले अफिसमा समस्या झेल्नुपर्ने हुनसक्छ ।

७. लोकेशन कहिले पनि नबताउनुहोस् । फेसबुकमा तपाईं आफ्नो लोकेशन कहिले पनि ट्याग नगर्नुहोस् । थाहा छैन, कसले तपाईंमाथि नजर गाडिरहेको छ । यस्ता कारण ले गर्दा थुप्रै घटनाहरू घटेको छ ।

८. छुट्टिको जानकारी नदिनुहोस् । यसो गर्दा तपाईंले ठूलो नोक्सानी व्यवहोर्नु पर्ला । यस्तो हुनसक्छ कि तपाईंले फेसबुकमा १५ दिनको लागि छुट्टीमा जाँदैछु भनेर लेख्नुभएको छ र त्यही १५ दिनमा तपाईंको घरमा चोरी पनि हुनसक्छ ।

९. परिवारको तस्बिर नराख्नुहोसस् यस्तो गर्दा तपाईंले आफ्नो दुश्मनहरुलाई पनि आफ्नो परिवारसम्म पुर्याइरहनु भएको छ । परिवारको तस्बिर हाल्न तुरुन्त बन्द गर्नुहोस् ।

१०. बच्चा को स्कूलको जानकारी नहाल्नुहोस् । तपाईंको आफ्नो साथीभाइसँग धेरै कुरा भन्न खोज्नुहुन्छ होला तर यसो भन्दैमा फेसबुकमा आफ्नो बालबच्चाको केही पनि जानकारी नहाल्नुहोस् । उनीहरुको स्कूलको केही गतिविधि पनि नहाल्नुहोस् । यसो गर्नुहुन्छ भने तपाईंलाई बेफाइदा नै हुन्छ ।

११. लोकेशन सेटिङ्ग सधैं बन्द राख्नुहोसस् आइफोन होस् वा एन्ड्रोइड , लोकेसन सेटिङलाई सधैं बन्द राख्नुहोस् । यसो गर्दा तपाईंको स्थिती बारे अरुलाई थाहा हुन्छ र खबर पाएलगत्तै त्यस्ता व्यक्तिले केही भिन्न प्लानिङ गरेर तपाईंलाई हानी पुर्याउन सक्छ ।
From DC NEPAL
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment