Breaking News "काभ्रे मा ४० यात्रु बोकेको यात्रुबाहक बस सडकबाट ३ सय मिटर तल बस खस्यो १७ जना को घटना स्थल मै मृत्यु "


नेपा— काठमाडौंबाट काभ्रेको कोशीपारि कात्तिके देउराली जाँदै गरेको बा २ ख १०६ नम्बरको यात्रुबाहक बस विर्तादेउराली–७ खहरेखोला नजिकै दुर्घटनाग्रस्त भएको छ। ४२ जना यात्रु बोकेको सो बस सडकबाट करिब ३ सय मिटर तल खसेको स्थानीयले बताएका छन्।

ओभरलोड बोकेर गुडिरहेको बस सडकभन्दा ३ सय मिटर तल खसेको छ। १५ देखि १७ जनाको मृत्यु भएको भन्ने कुरा आइरहेको छ।
स्थानीय शिक्षक नेत्रप्रसाद खरेलका अनुसार ओभरलोड बोकेर गुडिरहेको बस सडकभन्दा ३ सय मिटर तल खसेको छ। ‘१५ देखि १७ जना मृत्यु भएको भन्ने कुरा आइरहेको छ। क्षति यकिन हुन सकिरहेको छैन’, नागरिकन्युजसँग उनले भने।

बसभित्र धेरै मान्छे च्यापिएको र उनीहरुको उद्धार गर्न स्थानीयलाई गाह्रो परिरहेको शिक्षक खरेलले बताए।

दुर्घटनाको विस्तृत विवरण प्राप्त भइसकेको छैन। घटनास्थलमा प्रहरी पुग्ने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
From Nagarik News

Share on Google Plus

About Unknown

0 comments:

Post a Comment