पर्वतको त्रिवेणी गाविस–७ का ३५ वर्षे झकबहादुर राना जिटीले साउन २१ गते बेलुका ६ बजेतिर बारीमा काम गरीरहेकी वृद्धालाई बलात्कार गरी फरार रहेकोमा मंगलबार प्रहरीले स्यांजाबाट रानालाई पक्राउ गरेको प्रहरी निरीक्षक उत्तमप्रकाश बरालले जानकारी दिए ।
प्रहरी निरीक्षक बरालका अनुसार झकबहादुरले बृद्धालाई बारीमा नै बलात्कार गरेर वृद्धाले लगाएको तिलहरी र अन्य गहना चोरी गरेर फरार भएका थिए । झकबहादुरलाई पक्राउ गरी जिल्ला अदालतमा जबर्जस्ती करणी तथा चोरी मुद्दामा म्याद थप गरी कारबाही अगाडी बढाएको प्रहरीले जनाएको छ ।
source मिडिया एनपी,

0 comments:
Post a Comment