आजको राशिफल

वि.सं. २०७३ साल साउन २६ गते। बुधबार। इश्वी सन् २०१६ अगस्ट १० तारिख। नेपाल संवत् ११३६ गुँलाथ्व। श्रावण शुक्लपक्ष। तिथि– सप्तमी, ८:३८ बजेउप्रान्त अष्टमी।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रियजनसँग भेटघाट हुनुका साथै रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। आतिथ्यपूर्ण सम्मान प्राप्त होला। धन तथा ज्ञानको भण्डार बढ्नेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। धेरैको मन लोभ्याउने प्रगति हासिल हुनेछ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। व्यापारमा मनग्य लाभ लिने समय छ। व्यवसायले समेत यात्राको अवसर दिलाउन सक्छ।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

प्रतिस्पर्धाको जितले आनन्द दिलाउनेछ। भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम सुरु हुन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि पहिलेको नोक्सानीबापत क्षतिपूर्ति हुनेछ। मेहनतले सजिलै लक्ष्यमा पुर्याउनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। हठ गर्ने बानीले दुःख पाइनेछ भने सद्विचार लिनेहरूका लागि समय उत्साहजनक रहनेछ।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

समयलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ। अप्ठ्यारो परिस्थितिले सुरुमा मन खिन्न तुल्याए पनि बुद्धि-विवेक लगाउँदा उद्देश्य चुम्न सफल भइनेछ।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

अरूको फाइदाका लागि उपयोग भइनेछ भने नजिकका साथीभाइ टाढिन सक्छन्। परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको माध्यमबाट काम सम्पादन हुन सक्छ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। परिश्रम परे पनि समय निकै फलदायी रहनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। कृषिमा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ। प्रतिस्पर्धाले फाइदा दिलाउनेछ।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ। वादविवादबाट टाढा रहनुहोला। बुद्धिको उपयोग गर्दा जटिल सोचिएको काम सजिलै काम सम्पादन हुनेछ। मेहनतीहरूका लागि समय फलदायी रहनेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। अध्ययनमा प्रगति गर्न सकिनेछ।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

हिम्मत गर्न नसक्दा केही पछि परिनेछ। योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने सम्पादन हुनेछन्। खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिएला। शुभचिन्तकहरूले अप्ठ्यारो परिस्थितिमा ठूलो गुण लगाउनेछन्। तत्काललाई कम आर्जन देखिए पनि दिगो फाइदा हुने कामको जग बसाउन सकिनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

र्इर्ष्या गर्नेहरूले फसाउन सक्छन्। सोखले फजुल खर्च बढाउन सक्छ। तापनि लगनशील बन्दा दिगो फाइदा उठाउन सकिनेछ। धनसंग्रह गर्न बाधा परे पनि ऋणमोचन हुने सम्भावना छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ भने गरेका कामबाट सामान्य लाभ भइरहनेछ। अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले भने पछि परिनेछ।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। मेहनत गर्दा दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ। प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। तर अरूका काममा समय खर्चनुपर्ला। स्वास्थ्यमा पनि कमजोरी अनुभूति हुनेछ। केही बाध्यतापूर्ण काममा जुट्नुपर्ला। सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन्। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका छ।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

पहिलेको समस्या दोहोरिन सक्छ। तत्काल फाइदा उठाउन मुस्किलै पर्ने देखिन्छ। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ला। आश्वासन दिनेहरूले झुक्याउलान्। काम बिग्रने भयले सताउनेछ भने श्रमको उचित मूल्य नपाइएला। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ।
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment