आकर्षक ब्रेष्ट बनाउने घरेलु उपायहरु !

धेरै जसो समयमा सावधानी अपनाउदा पनि जीवन शैलि तथा कुनै प्रकारका बानीहरुले गर्दा स्तनको स्वास्थ्यमा गंभिर असर पार्न सक्छ । स्तनलाई बिशेष हेरचाह तथा स्वस्थ राख्नका लागि हामीले यस्ता उपायहरु लिएर आएका छौँ । तल बुदागत रुपमा दिएका कुराहरु ध्यान दिएर पढ्नुहोला ।
सुताईको तरीका बदल्नुहोस्
यदि तपाई लामो समय सम्म घोप्टो परेर सुत्ने गर्नुभएको छ भने तपाईको स्तनको आकारमा परिवर्तन आउनुका साथै स्तन टेढो हुने समस्या देखा पर्न थाल्छ । एक अन्तर्राष्ट्रिय स्वास्थ्य संबन्धी पत्रिका लाई आधार मान्ने हो भने उनिहरुको अध्ययनले स्तनलाई म्याट्रिसमा केही घण्टासम्म दबाएर राखेमा स्तनको लिगामेन्ट्स अर्थात कोषिका र नशाहरु तन्कीनुको कारणले स्तन भद्धा देखिन्छ ।
ब्रा पूरानो भएको छ भने फाल्नुहोस् ।
तपाईले स्तनको सुरक्षाको लागि लगाएको ब्रा जति धोएपनि यसका रबरहरु धोल्लीएका हुन्छन् यस्ता ब्रा लगाउनु भन्दा नलगाउनुनै उचित हुन्छ । एक अध्ययनका अनुसार यस्तो प्रकारको ब्रा लगाउदा स्तन, घाँटी तथा काँधमा पीडा हुन जान्छ । त्यसैले यस्तो ब्रा नलगाउनु उचित हुन्छ । तर धेरै कसीलो ब्रा लगाउनु पनि स्तनका लागि हानिकारक हुन्छ ।
स्तनका रौँ नफाल्नुहोस्
स्तनमा आएका रौँ फाल्दा स्तनमा संक्रमण हुने संभावना रहन्छ । यस्तो संबेदनसिल अंगमा ब्लेड तथा अन्य केमीकलको प्रयोग गर्नु स्वास्थ्यका दृश्टीकोणले हानिकारक मानिन्छ ।
धेरै सानो तथा धेरै ठुलो ब्रा प्रयोग नगर्नुहोस
आफुलाई असहज हुने ब्रा लगाउनु उचित हुदैन् । धेरै सानो तथा धेरै ठुलो ब्रा को प्रयोग गर्नाले निकट भविष्यमा स्तनमा असर गर्न सक्छ ।
स्तन वरपर छेड्ने तथा ट्याटु नबनाउनुहोस्
कतिपय महिलाहरुले स्तनमा ट्याटु बनाएर तथा बिभिन्न तरीकाले खोपेर अरुको आकर्षण को केन्द्रबिन्दु बनाउन चाहन्छन् । तर यस्तो प्रकारको ट्याटु तथा खोप्ने प्रकृयाले स्तनमा संक्रमण हुने ठुलो खरा हुन्छ । बैज्ञानिकहरुको मान्यता अनुसार स्तनमा छेड्दा तथा ट्याटु बनाउदा हेपाटाइटिस बी र सी को संक्रमण हुने कुरा औल्याएका छन् ।
निप्पल तान्नु उचित हुदैन
गर्भावस्थामा महिलाहरुको निप्पल उल्टो भएका बच्चा जन्मेपश्चात त्यसलाई तानेर ठिक अवस्थामा ल्याउनकोे लागि तान्ने गर्दछन् । तर बिज्ञहरुको सुझाबअनुसार यसरी निप्पल तान्ने गरेमा निकट समयमा दीर्घकालिन पिडाको संभावना हुने उल्लेख गरेका छन् ।
ब्रा लगाएर सुत्नु हुदैन
ब्रा लगाएर सुत्ने गरेमा स्तनमा रक्क्त प्रवाह उच्च हुनुका साथै स्तनको टुप्पोमा अशर पर्ने, पानी झर्ने, मुन्टो सुनिने खतरा बढ्दछ ।
स्तनमा डल्लो वा गिर्खा भएमा सावधान हुनुहोस्
स्तनमा मासु पलाउने, गिर्खा तथा सुन्नीने समस्या देखिएको छ भने तुरुन्त चिकिसक संग सल्लाह लिनुहोस् । यस्तो अवस्थामा स्तनमा दिर्घकालिन रोग लागेको हुनसक्ने संभावना रहन्छ । स्तनमा कुनै पनि समस्या देखिएमा अरुको लहलहैमा बा लाजको कारण लुकाउने वा दबाउने कोसिष गर्दै हुनुहुन्छ भने ख्याल गर्नुहोस निकट भविष्यमा तपाईलाई स्तन संबन्धी निकै ठुलो रोगले सताउन सक्छ । -स्वास्थ्य खबर पत्रिका

Share on Google Plus

About Unknown

0 comments:

Post a Comment